Jana Prahar

बुधबार, असोज २८ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

भाईरल गायिका समिक्षा अधिकारीको स्वरमा ‘मेरो जस्तो माया तिमीलाई’ सार्वजनिक


  • जन प्रहार
  • प्रकाशित मिति सोमबार, मंसिर १३ २०७८
  • 3K
    SHARES

काठमाडौं । पछिल्लो समयकी चर्चित अनि भाईरल गायिका समिक्षा अधिकारीको स्वरमा सेन्टिमेन्टल गीत ‘मेरो जस्तो माया तिमीलाई’ सार्वजनिक भएको छ । प्रायः लोक दोहोरी शैलीका गीतहरुमा जम्दै र दर्शक श्रोताले मन पराउँदै आएकी समिक्षाका सेन्टिमेन्टल गीतहरु भने कमै सुन्न पाईन्छ । सानै उमेरमा थुप्रै गीतहरुमा स्वर भर्न सफल समिक्षाले हरेक शैलीका गीतहरु गाउन सक्छिन तर, उनका लोक दोहोरी शैलीका गीतहरु अलि बढी हिट छन् ।

प्रस्तुत गीतमा पनि समिक्षाले न्याय गरेकी छिन् । ‘दिलको बदला दिल दिएँ’ , ‘म भन्दा नि’ , ‘तिमी बिना बाँच्दिन म’ भन्ने तिमी गीतका संगीतकार राज कुमारसंग उनको यो पहिलो सहकार्य हो ।

हाललाई स्टुडियो भिडियोमार्फत सार्वजनिक गीतमा फिमेल भर्जनमा समिक्षाको स्वर रहेको छ भने मेल भर्जनमा नरहरि प्रेमीको स्वर, राज कुमारको शव्द संगीत, संजय हमालको एरेञ्जमेन्ट, दिल समर्पणको रेकर्डिङ, चन्द्र चौधरी (अकष्टिक नेपाल) को मिक्सिङ रहेको छ भने भिडियोमा कृष्ण बस्नेतको छायाँकन तथा स्वयम गीतकार तथा संगीतकार राज कुमारको सम्पादन रहेको छ ।

अडियो राम्रो बने साधारण भिडियोबाट पनि राम्रो भ्युज जाने र दर्शक श्रोताले मन पराउने यसअघिका एक्का कम्पनी युट्युबबाट सार्वजनिक भएका गीतहरुले पनि प्रमाणित गरिसकेका छन् ।

भिडियोः

 

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४