Jana Prahar

बुधबार, असोज २८ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

कांग्रेस सहमहामन्त्रीमा बद्री पाण्डेको उम्मेदवारी घोषणाः चार ‘ब’ को अवधारणासहित निर्वाचनमा होमिने


  • जन प्रहार
  • प्रकाशित मिति सोमबार, मंसिर १३ २०७८
  • 3.7K
    SHARES

काठमाडौं । नेपाली कांग्रेसको सहमहामन्त्रीमा युवा नेता बद्री पाण्डेले उम्मेदवारी घोषणा गर्नुभएको छ । सोमबार काठमाडौंमा एक कार्यक्रम गरी पाण्डेले १४ औँ महाधिवेशनमा आफू सहमहामन्त्री पदमा उम्मेदवार बन्ने घोषणा गर्नुभएको हो ।

दुईपटक केन्द्रीय सदस्य रहिसक्नुभएका पाण्डेले पिछडिएको क्षेत्रबाट सहमहामन्त्री पदमा उम्मेदवार बन्ने घोषणा गर्नुभयो ।
उम्मेदवारी घोषणा गर्दै पाण्डेले आफू सहमहामन्त्री बनेपछि केन्द्रीय समितिलाई साथमा लिएर चार ‘ब’को माध्यमबाट पद्धतिप्रधान पार्टी बनाउने दाबी गर्नुभयो ।

संगठन सुदृढीकरणका लागि गर्न चार ‘ब’ को अवधारणा अथ्र्याउँदै पाण्डेले भन्नुभयो, ‘पहिलो ‘ब’ भनेको बिचार हो । दोस्रो ‘ब’ बिधानको अक्षरशः पालना, तेस्रो ‘ब’ नियमित बैठक र चौथो ‘ब’ भनेको व्यवस्थापन हो । व्यवस्थापनमा भ्रातृ संगठनदेखि पार्टी संगठन, कार्यकर्ता, कार्यालय र अर्थ व्यवस्थापन हो ।’

पार्टीहरु नसुधिँदासम्म देश नसुध्रिने भन्दै उहाँले नेतृत्व र पार्टी सुधारको अभियान नै चलाइने बताउनुभयो । २००३ साल देखि २०१७ सालसम्म १४ वर्षमा सातवटा महाधिवेशन गरेको कांग्रेसमा २०४८ सालपछिको ३१ वर्षमा थप सात वटा महाधिवेशन गर्न नसक्नु लाजमर्दो भएको उहाँको टिप्पणी थियो ।

चार वर्षे पदावधि भएको नेतृत्वले थपिएको एक वर्ष र त्यसमा अरु ६ महिना थप्दा पनि महाधिवेशन गर्न नसक्नु निष्क्रियताको चरम अवस्था भएको पाण्डेको टिप्पणी थियो । ०४८ सालपछि चार/चार वर्षमा नियमित महाधिवेशन भएको भए अहिले पार्टीले १६औँ महाधिवेशन गर्नुपर्ने थियो, पाण्डेले भन्नुभयो ।

पार्टीमा एक व्यक्ति एक पदको व्यवस्था लागु गर्नुपर्ने पनि पनि उहाँको मत छ । १२ औँ महाधिवेशनमा सेती अञ्चलबाट निर्वाचित हुनुभएका पाण्डे १३ औँ महाधिवेशनमा भने खुला २५ मा चुनिनुभएको थियो ।

महाधिवेशनपछि नयाँ कार्यसमितिले निर्वाचित भई पार्टी चलाउने र प्रधानमन्त्रीले देश मात्र चलाउने दाबी पनि उहाँको थियो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४