Jana Prahar

मंगलबार, असोज २७ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

नेपालको लगातार तेस्रो जित


  • जन प्रहार
  • प्रकाशित मिति शुक्रबार, मंसिर १० २०७८
  • 2K
    SHARES

काठमाडौं । आईसीसी महिला टी–२० विश्वकप एसिया छनोटमा नेपालले लगातार तेस्रो जित निकालेको छ ।

दुबईको आईसीसी एकेडेमीको मैदानमा भएको खेलमा मलेसियालाई पराजित गर्दै नेपालले तेस्रो जित निकालेको हो । मलेसियाले दिएको ९३ रनको लक्ष्य नेपालले १८.२ ओभरमा ४ विकेट गुमाएर पुरा गरेको हो ।

नेपालका लागि सीता रानामगरले सर्वाधिक ३० रन बनाउँदा कप्तान रुविना क्षेत्रीले २० र सरिता मगर १५ रनमा अविजित रहिन् । कविता कुँवर १० रनमा रनआउट भइन् । मलेसियाकी अ‍ैसा एलिसाले एक विकेट लिइन् ।

त्यसअघि टस हारेर पहिलो ब्याटिङ गरेको मलेसियाले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर ९२ रन जोड्यो । उसका लागि एलसा हन्टरको ३९ रन सर्वाधिक रह्यो । मस एलयसको १४ रन तथा युश्रीना यकोपको १२ रन जोड्दा अन्य खेलाडीले दोहोरो अंकमा रन जोड्न सकेनन् ।

नेपालका लागि सबनम राईले दुई विकेट लिँदा कविता कुँवर, सीता राना मगर र रुविना क्षेत्रीले समान १–१ विकेट लिए ।

जितसँगै नेपाल अंकतालिकाको शीर्ष स्थानमा उक्लिएको छ । ६ टीम सम्मिलित प्रतियोगिताको शीर्ष टीमले ग्लोबल छनोट खेल्नेछ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४