Jana Prahar

मंगलबार, असोज २७ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

अमेरिकासँग ताइवान मुद्दामा कुनै सम्झौता हुँदैन : चीन


  • जन प्रहार
  • प्रकाशित मिति बिहिबार, मंसिर ९ २०७८
  • 3.8K
    SHARES

काठमाडौं। चीनले ताइवानका सम्बन्धमा कुनै सम्झौता नहुने प्रस्ट पारेको छ । बिहीबार चिनियाँ रक्षामन्त्रालयले ताइवानका सम्बन्धमा कुनै सम्झौता नहुने प्रस्ट पारेको हो ।

यस विषयमा अमेरिकाले कुनै भ्रम पाल्न नहुने समेत मन्त्रालयले बताएको छ । चीनले अमेरिकामाथि पछिल्लो समय विभिन्न विषय उक्साइरहेको आरोप पनि लगाएको छ ।

‘विशेष गरी ताइवानको मुद्दामा चीनले सम्झौता गर्दैन र अमेरिकाले यसबारे कुनै भ्रम पाल्नु हुँदैन’, चिनियाँ रक्षामन्त्रालयका प्रवक्ता वु छिङले भने । अन्य विषयमा भने अमेरिकासँग वार्ता तथा सहकार्य गर्न चीन तयार रहेको उनको भनाइ थियो ।

‘तर अमेरिकी पक्षले कैयौं गैर जिम्मेवारीपूर्ण कुरा भनिरहेको र नजिकै आएर युद्धपोत एवं विमानमार्फत् निगरानी गर्दै ताइवान तथा दक्षिण चिनियाँ सागरमा उक्साहटपूर्ण व्यवहार देखाएको छ’, छिङले थपे ।

यसै महिना अमेरिकी राष्ट्रपति जो बाइडेन र चिनियाँ राष्ट्रपति सी जिनपिङबीच भएको भर्चुअल बैठकमा समेत ताइवानलाई लिएर मतभेद देखिएको थियो । सीले भर्चुअल बैठकमा ताइवानको स्वतन्त्रता चाहने र अमेरिकामा उनीहरूलाई समर्थन गर्नेहरू आगोसँग खेलिरहेको बताएका थिए।

चीनले ताइवानलाई आफूबाट छुट्टिएको एक भू-भाग ठान्छ । पछिल्लो समय ताइवानको आकाशमा जंगी जहाज उडाएर दबाब समेत दिँदै आएको छ । तर ताइवानका नेताहरूले भने आफ्नो भूमि रक्षा गर्न तयार रहेको र चीनको सामना गर्ने भनिरहेका छन् । एजेन्सीको सहयोगमा

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४