Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

‘प्रेम गीत ३’ फागुन २३ गते प्रदर्शन हुने


  • जन प्रहार
  • प्रकाशित मिति बिहिबार, मंसिर ९ २०७८
  • 4.3K
    SHARES

काठमाडौं । चर्चित एवं लोकप्रिय नायक प्रदीप खड्का अभिनित चलचित्र ‘प्रेम गीत ३’को प्रदर्शन मिति तय गरेको छ । चलचित्रका निर्माता सन्तोष सेनले बिहीबार सामाजिक सञ्जालमार्फत फागुन २३ गते प्रदर्शन मिति पक्का गरेका हुन् ।

कोरोना महामारीअघि नै प्रदर्शन मिति तय गरेको चलचित्र दुई वर्षपछि प्रदर्शन गर्न लागिएको हो । यसबीचमा निर्माता सेनले चलचित्रलाई हिन्दी भाषामा समेत डबिङ गराएका छन् । नेपाल र भारतमा एकसाथ प्रदर्शन गर्ने निर्माण टीमको तयारी छ ।

निर्माण टीमले यसअघि चलचित्रको टिजर र गतीहरु सार्वजनिक गरिसकेको छ । गीत र टिजरलाई दर्शकले मन पराएका छन् । निर्मातो सेनले ट्रेलर केही दिनमा सार्वजनिक गर्ने बताउँदै प्रचारप्रसारका लागि दर्शकमाझ आउने बताएका छन् ।

चलचित्रमा प्रदीप खड्काको अलावा क्रिस्टिना गुरुङ, शिव श्रेष्ठ, पुस्कर कार्की, सुनिल थापा, सन्तोष सेन, माओत्से गुरुङ, मनिष राउत लगायतका कलाकारहरूको अभिनय छ । छेतन गुरुङ र सन्तोष सेनको निर्देशनमा बनेको चलचित्रलाई आशुसेन फिल्म्स प्रोडक्सनले निर्माण गरेको हो ।

आशुसेन फिल्म्सले यसअघि ‘चंखे, शंखे, पंखे’, ‘प्रेम गीत’, ‘प्रेम गीत २’ र ‘मेरी मामु’ चलचित्र निर्माण गरिसकेको छ । चलचित्रले काठमाडौंभित्रका लागि गोविन्द शाही र काठमाडौं उपत्यकाबाहिरका लागि ब्यानकेट्स इन्टरटेनमेन्टलाई वितरक तोकेको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४