नेपाली काँग्रेसको काठमाडौँ क्षेत्र नम्बर–५ को क्षेत्रीय सभापतिमा श्याम बहादुर खड्का निर्वाचित भएका छन् । आमाको मृत्युपछि काजकिरिया गरिरहेका खड्काले भौतिक रूपमा मतदातामा पुग्न नसके पनि निर्वाचनमा विजय हासिल गरेका हुन् ।
काठमाडौँ–५ बाट महिला खुल्ला तर्फबाट केन्द्रीय महाधिवेशन प्रतिनिधिमा कृष्णकुमारी बस्नेतले सबैभन्दा धेरै मत ल्याएर विजय हासिल गरेकी छिन् । बस्नेतले २०५ मत ल्याएकी छिन् । सोमबार भएको निर्वाचनको मत परिणाम मंगलबार सार्वजनिक भएको थियो । महिला खुल्लाबाट महाधिवेशन प्रतिनिधिमा बस्नेत सहित अकला गुरुङ, भवानी केसी र सुभद्रा खड्का निर्वाचित भएका छन् । काँग्रेसको महाधिवेशन मङ्सिर २४ र २६ मा काठमाडौँमा हुँदै छ ।