Jana Prahar

सोमबार, असोज २६ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

अमेरिकामा कार दुर्घटना हुँदा पाँच जनाको मृत्यु, ४० जना घाइते


  • जन प्रहार
  • प्रकाशित मिति सोमबार, मंसिर ६ २०७८
  • 4K
    SHARES

एजेन्सी । अमेरिकाको विस्कन्सिन राज्यमा कार दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ ।

दुर्घटनामा परेर ४० भन्दा बढी घाइते भएका छन् । परेड भइरहेको स्वानमा एउटा कार आएर जोतिएको बीबीसीले जनाएको छ ।

प्रत्यक्षदर्शीले भने बालबालिकासहित एक दर्जनको संख्यामा मानिसको मृत्यु भएको दावी गरे पनि प्रहरीले त्यसको पुष्टि गरेको छैन ।

घटनामा संलग्न भएको आशंकामा प्रहरीले एक जनालाई नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको छ । दुर्घटना भएलगत्तै भागेका एक जनाको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

स्थानीय एक समुदायले हरेक वर्ष आयोजना गर्ने सांगीतिक कार्यक्रममा देखाइएको परेडमा सो दुर्घटना भएको हो । कार्यक्रममा करिब ७२ हजार मासिन भेला भएको सरकारी अनुमान छ ।

द्रुत गतिमा आएको कार रोक्न खोक्ने क्रममा प्रहरीले गोली चलाएको बताइएको छ । घटना लगत्तै घाइतेहरूलाई स्थानीय अस्पतालमा पुर्‍याइएको थियो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४