Jana Prahar

सोमबार, असोज २६ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

पहिलो पटक टी-२० अन्तर्राष्ट्रिय सिरिज खेल्दै नेपाली महिला टिम


  • जन प्रहार
  • प्रकाशित मिति मंगलबार, कार्तिक ३० २०७८
  • 2.2K
    SHARES

काठमाडौं । नेपाली राष्ट्रिय महिला क्रिकेट टिमले पहिलो पटक कतारसँग टी-२० अन्तर्राष्ट्रिय सिरिज खेल्दैछ । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् आईसीसीले २०१९ देखि महिला टिमको टी-२० खेललाई पनि अन्तर्राष्ट्रिय मान्यता दिएपछि नेपालको महिला टिमले पहिलो पटक टी-२० सिरिज खेल्न लागेको हो ।

आईसीसी टी-२० विश्वकप एसिया छनोट खेल्नुअघि तयारी स्वरुप नेपालले कतारसँग तीन खेलको सिरिज खेल्दैछ । सिरिजको पहिलो खेल आज हुँदैछ । सिरिज खेल्न नेपाली टोली आइतबार नै कतारको दोहा पुगिसकेको छ ।

खेल दोहास्थित वेस्ट इन्ड पार्क इन्टरनेशल क्रिकेट स्टेडियममा नेपाली समय अनुसार दिउँसो ३:४५ बजे सुरु हुनेछ ।

नेपालले बुधबार दोस्रो र बिहीबार तेस्रो खेल खेल्नेछ भने शुक्रबार युएई प्रस्थान गर्नेछ ।

सन् २०२३ मा दक्षिण अफ्रिकामा हुने महिला टी-२० विश्वकपको रोडम्यापको रुपमा रहेको एसिया छनोटमा नेपाल र यूएईसहित मलेसिया, हङकङ, भुटान र कुवेतले प्रतिस्पर्धा गर्नेछन् ।

छनोट प्रतियोगिता नोभेम्बर २२ देखि २८ सम्म हुनेछ । नेपालले पहिलो खेल नोभेम्बर २२ मा हङकङसंग खेल्नेछ । सिंगल लिगको खेलपछि शीर्ष स्थानमा रहने टिम ग्लोबल क्वालिफायरमा पुग्नेछ ।

२३ महिनापछि अन्तर्राष्ट्रिय खेल

नेपालको महिला क्रिकेट टिमले २३ महिनापछि पहिलो पटक अन्तर्राष्ट्रिय क्रिकेट खेल्न लागेका हुन् । सन् २०१९ मा नेपालमै भएको १३औं दक्षिण एसियाली खेलकुदमा प्रतिस्पर्धा गरेपछि नेपालले अन्तर्राष्ट्रिय क्रिकेट खेलेको थिएन ।

झण्डै दुई वर्षपछि महिला टिमले अन्तर्राष्ट्रियस्तरको म्याच खेल्न लागेको हो ।

टी-२० विश्वकप एसिया छनोटकै लागि नेपाली टिमले गत साता बंगलादेश भ्रमण गर्दै त्यहाँको स्थानिय टिमसँग तीन खेलको अभ्यास सिरिज खेलेको थियो । तर त्यो आधिकारिक प्रतियोगिता भने थिएन ।

कोरोना १९ महामारी हुनु र नेपाल क्रिकेट संघ क्यानले अपेक्षा अनुसार काम गर्न नसक्दा महिला टोलीले गत वर्ष दुई वटा मात्र घरेलु प्रतियोगिता खेलेको थियो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४