Jana Prahar

सोमबार, असोज २६ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

एमाले महाधिवेशनको तयारी सुरु


  • जन प्रहार
  • प्रकाशित मिति शुक्रबार, कार्तिक ५ २०७८
  • 9.4K
    SHARES

चितवन । नेकपा एमालेको दसौं राष्ट्रिय महाधिवेशन चितवनमा गर्ने निर्णयसँगै तयारी सुरु भएको छ ।

नेकपा एमाले चितवनले आज पत्रकार सम्मेलन गरी चितवनमा महाधिवेशन गर्ने निर्णयले उत्साहित रहेको भन्दै ऐतिहासिक निर्णय गर्ने स्थायी कमिटीलाई धन्यवाद दिँदै आजदेखि महाधिवेशनको तयारी सुरु भएको जिल्ला अध्यक्ष पार्वती रावलले जानकारी दिनुभयो ।

प्रतिनिधिहरुलाई आउन जान सजिलो हुने र ऐतिहासिक, राजनीतिक हिसावलेसमेत उपयुक्त ठाउँ चितवन भएकाले महाधिवेशन हुने स्थान तोकिएको बताइएको छ ।

विभिन्न सञ्चारमाध्यममा आएजस्तो प्रचण्डलाई चुनौती दिन महाधिवेशन चितवनमा गर्न लागिएको भन्ने तर्क निराधार रहेको भन्दै चितवनमा हुने महाधिवेशनले पार्टीलाई थप एकतामा बाँधिएको सन्देश दिने रावलले बताउनुभयो ।

एमाले बागमती प्रदेशका अध्यक्ष आनन्द पोखरेलले एक हप्ताभित्र स्थान छनोट गरी केन्द्रमा सिफारिस गरिने बताउनुभयो । उद्घाटन सत्रमा कम्तिमा ५ लाख सहभागी हुने र उद्घाटन सत्र र बन्दसत्रका लागि उपयुक्त ठाउँ खोज्ने काम भइरहेको बताउनुभयो ।

महाधिवेशनमा विधान महाधिवेशन सहभागी भएकामध्ये करिव ५० प्रतिशत प्रतिनिधि सहभागी हुने भन्दै उहाँले १० औं महाधिवेशन सफल पार्न सबै क्षेत्रबाट सहयोगको अपेक्षा समेत गर्नुभयो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४