Jana Prahar

मंगलबार, असोज २७ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

च्याम्पियन्स लिग : रोनाल्डोको गोलमा युनाइटेडको पुनरागमन जित


  • जन प्रहार
  • प्रकाशित मिति बिहिबार, कार्तिक ४ २०७८
  • 3.5K
    SHARES

काठमाडौं । इंग्लिस क्लब म्यानचेष्टर युनाइटेडले युरोपियन च्याम्पियन्स लिगमा शानदार पुनरागमन गर्दै इटालियन क्लब एटलान्टालाई ३-२ ले पराजित गरेको छ ।

घरेलु मैदान ओल्डट्राफोर्डमै दुई गोलले पछि परेको स्थितिमा युनाइटेडले पुनरागमन गर्दै लगातार तीन गोल गरेको हो । पहिलो हाफमा एटलान्टाले दुई गोल गरेको थियो भने दोस्रो हाफमा युनाइटेडले तीन गोल फर्कायो ।

यसमा क्रिस्टियानो रोनाल्डोले निर्णायक गोल गरे । उनले ८१औं मिनेटमा गोल गर्दै युनाइटेडको जित पक्का गरे । त्यसअघि ५३औं मिनेटमा मार्कुस रासफोर्ड र ७५औं मिनेटमा ह्यारी मगुएरले गोल गर्दै खेल बराबरी गरेका थिए । एटलान्टाका लागि १५औं मिनेटमा मारियो पासालिक र २९औं मिनेटमा मेरिह डेमरिलले गोल गर्दै सुरुमै दुई गोलको अग्रता दिलाएपनि त्यसलाई कायम राख्न सकेन ।

जितपछि समूह एफमा तीन खेलबाट ६ अंक जोड्दै युनाइटेड शीर्ष स्थानमा उक्लेको छ । समान खेलबाट चार अंक रहेको एटलान्टा दोस्रो स्थानमा छ । यसै समूहको अर्को खेलमा स्पानिस क्लब भियारियालले स्वीस क्लब योङ ब्वाइजलाई ४-१ ले पराजित गरेको छ । भियारियालका लागि जेरार्ड मोरेनोले दुई तथा येरेमी पिनो र सामुएल चुकवुजेले एक/एक गोल गरे ।

जितपछि तीन खेलबाट चार अंक जोडेको भियारियाल तेस्रो स्थानमा छ । योङ ब्वाइज तीन अंकसहित पुछारमा छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४