Jana Prahar

सोमबार, असोज २६ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

मन्त्री हमालले बुझाए राजीनामा, विवादमा पर्न नचाहेको प्रष्टीकरण, प्रधानमन्त्रीबाट स्वीकृत


  • जन प्रहार
  • प्रकाशित मिति आइतबार, असोज २४ २०७८
  • 10.4K
    SHARES

काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गजेन्द्रबहादुर हमालले नियुक्तिको तीन दिनमै पद त्याग गर्नुभएको छ ।

प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाको कोटाबाट मन्त्री बनाइएको भन्दै प्रधानमन्त्री शेरबहादुर देउवासहित प्रधानन्यायाधीश राणा र न्यायालयकै आलोचना हुन थालेपछि हमालले राजीनामा गर्नुभएको हो ।

प्रधानमन्त्री निवास बालुवाटार पुगेर मन्त्री हमालले राजीनामा पत्र बुझाउनुभएको प्रधानमन्त्रीको सचिवालयले जनाएको हो । हमालले दिएको राजीनामा प्रधानमन्त्रीबाट स्वीकृत पनि भइसकेको छ ।

आफू प्रधानमन्त्री बनेको तीन महिनासम्म मन्त्रिपरिषदलाई पूर्णता दिन नसक्नुभएको प्रधानमन्त्री देउवाले हमाललाई प्रधानन्यायाधीश राणाको ‘कोटा’ मा मन्त्री बनाउन लागेको सुईंको पाएपछि सञ्चारमाध्यमदेखि सामाजिक सञ्जालसम्म तीब्र आलोचना भएको थियो ।

त, देउवाले चौतर्फी विरोध हुँदाहुँदै पनि हमाललाई मन्त्री बनाएपछि आलोचना चुलिएको थियो । राजीनामा बुझाउनुअघि हमालले कांग्रेस महामन्त्री शशांक कोइरालासँग पनि भेट गर्नुभएको थियो ।

हमाललाई शुक्रबार मात्रै उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रीमा नियुक्त गरिएको थियो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४