Jana Prahar

सोमबार, असोज २६ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

कांग्रेसबाट यी चार मन्त्री थपिँदै


  • जन प्रहार
  • प्रकाशित मिति शुक्रबार, असोज २२ २०७८
  • 2.6K
    SHARES

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले शुक्रबार पूर्णता दिन लाग्नुभएको मन्त्रिपरिषद्मा नेपाली कांग्रेसबाट चार जना नयाँ मन्त्री थपिने भएका छन् ।

एक मन्त्रीको जिम्मेवारी हेरफेर गर्दै कांग्रेसबाट चार मन्त्री थप गर्न लागिएको हो । वरिष्ठ नेता रामचन्द्र पौडेलको पक्षबाट सांसद मिनेन्द्र रिजाललाई रक्षा र दिलेन्द्रप्रसाद बडुलाई कानुन मन्त्रालयको जिम्मेवारी दिन लागिएको कांग्रेसनिकट स्रोतले बतायो ।

यसअघि कानुन मन्त्रालय सम्हाल्दै आउनुभएका देउवानिकट ज्ञानेन्द्रबहादुर कार्कीले अब सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको जिम्मेवारी पाउनुभएको छ ।

देउवानिकट उषा रेग्मीलाई महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयको जिम्मेवार दिँदै गर्दा कृष्णप्रसाद सिटौला समूहबाट उमाकान्त चौधरीलाई खानेपानी मन्त्री दिन लागिएको हो ।

सत्तारूढ अरू दलहरूले पनि मन्त्रीको नाम बालुवाटारमा पठाइसकेका छन्। आजै मन्त्री नियुक्त गर्ने र अपरान्ह ४ बजे सपथ खुवाउने कार्यक्रम छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४