७१औं मिनेटमा मार्क्विन्होसले ब्राजिलका लागि बराबरी गोल गरे । गाब्रिएल बारबोसाले ८५औं र एन्टोनीले इन्जुरी टाइममा गोल गरेपछि ब्राजिलले जित हात पारेको हो । छनोटमा लगातार ९ खेल जितेको ब्राजिल शतप्रतिशत नतिजासहित २७ अंक जोडेर शीर्ष स्थानमा छ ।
भेनेजुएला १० खेलबाट ४ अंकसहित १०औं स्थानमा छ ।
यस्तै अर्को खेलमा अर्जेन्टिनाले पाराग्वेसँग गोलरहित बराबरी खेल्दै अंक बाँडेको छ । छनोटमा चौथो बराबरी खेलेको अर्जेन्टिना ९ खेलबाट ५ जित र ४ बराबरीको नतिजासहित १९ अंक जोडेर दोस्रो स्थानमा छ । पाराग्वे १० खेलबाट १२ अंकसहित छैटौं स्थानमा छ । अर्को खेलमा उरुग्वे र कोलम्बियाले पनि गोलरहित बराबरी खेल्दै अंक बाँडेका छन् । उरुग्वे १० खेलबाट १६ अंकसहित चौथो र कोलम्बिया १४ अंकसहित पाँचौ स्थानमा छन् ।
