Jana Prahar

सोमबार, असोज २६ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

भीम रावललाई त १० बुँदे कार्यान्वयन गर्न दिइएको छैन, अरूकाे के हाल हाेला– भानुभक्त जोशी


  • जन प्रहार
  • प्रकाशित मिति बिहिबार, असोज २१ २०७८
  • 3K
    SHARES

काठमाडौं । माधवकुमार नेपाल तेतृत्वको नेकपा (एकीकृत समाजवादी) प्रवेश गरेका नेता भानुभक्त जोशीले १० बुँदे सहमति र भदौ १३ गते जारी भएको अन्तरपार्टी निर्देशन पालना नभएपछि आफूले नेकपा (एमाले) छाडेको बताउनुभएको छ ।

एकीकृत समाजवादीमा प्रवेश गरेपछि पत्रकारहरूसँगको कुराकानीमा नेता जोशीले भएको सहमति कार्यान्वयन नभएपछि आफूले पार्टी छाडेको बताउनुभयो । भदौ १३ गते जारी भएको निर्देशन आजको दिनसम्म कार्यान्वयन नभएपछि आफूले अपमानित महसुस भएर एमाले छाडेको स्पष्ट पार्नुभयो ।

सुदूरपश्चिम प्रदेशको इन्चार्जको जिम्मेवारी दिइएका भीम रावलले आफ्नो जिम्मेवारी नपाएको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, ‘१० बुँदे सहमतिका संयोजकसमेत रहनुभएका भीम रावल आफैँलाई सुदूरपश्चिम प्रदेशमा अध्यक्षता गरेर बैठक बस्न दिइएको छैन भने अरु ठाउँमा कसरी सहमति कार्यान्वयन भयो ?’

‘भीम रावल जत्तिको मान्छेलाई त १० बुँदे कार्यान्वयन र अन्तरपार्टी निर्देशन कार्यान्वयन गर्न दिइएको छैन भने अरुको के हाल होला ?’ उहाँले भप्नुभयो, ‘साथीहरू लम्पसार परेको मैले अनुभूति गरेको छु ।’

१० बुँदे सहमतिमा केन्द्रदेखि स्थानीय तहसम्मका पार्टी संरचना २०७५ जेठ २ मा फर्काउने र जेठ ३ गते पार्टीमा आएकाहरूलाई सोही जिम्मेवारी दिइने भनिएता पनि अहिलेसम्म त्यसको कार्यान्वयन हुन नसकेको उहाँको जिकिर छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४