Jana Prahar

बुधबार, असोज २८ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

साफ च्याम्पियनसिप : श्रीलङ्कालाई पराजित गर्दै नेपाली शीर्ष स्थानमा


  • जन प्रहार
  • प्रकाशित मिति मंगलबार, असोज १९ २०७८
  • 4.5K
    SHARES

काठमाडौं । माल्दिभ्समा भइरहेको साफ च्याम्पियनसिप २०२१ मा नेपालले लगातार दोस्रो जित हात पारेको छ ।

सोमबार राति भएको खेलमा नेपालले श्रीलंकालाई ३-२ ले पराजित गरेको हो । नेपालको लागि सुमन लामा, अन्जन विष्ट र आयुष घलानले गोल गरे । नेपालले पहिलो खेलमा आयोजक माल्दिभ्सलाई १-० ले पराजित गरेको थियो । लगातार दोस्रो जितपछि ६ अंक जोडेको नेपालले शीर्ष स्थानमा रहँदै  फाइनल पुग्ने सम्भावनालाई बलियो बनाएको छ । श्रीलंकाको भने यो लगातार दोस्रो हार हो ।

निकै प्रतिस्पर्धात्मक भएको खेलमा श्रीलंकाले सुरुआतदेखि नै नेपालमाथि दबाब राख्न खोजे पनि नेपालले बल पोजेसनमा भने सुरुआतदेखि अन्तिमसम्म नै पकड राख्यो ।

मालेस्थित नेशनल स्टेडियममा भएको खेलको ३१औं मिनेटमा सुमन लामाले गोल गर्दै नेपाललाई अग्रता दिलाएका थिए । राष्ट्रिय टिमका लागि सुमनको यो पहिलो गोल हो । पहिलो हाफमा नेपालले अग्रता कायमै राख्‍यो । दोस्रो हाफको सुरुमै नेपालले गोल थप्यो । ५०औं मिनेटमा अन्जन विष्टले गोल गर्दै नेपालको अग्रता दोब्बर पारे । अन्जनले रिबाउण्ड बलमा गोल गरेका हुन् ।

५६औं मिनेटमा श्रीलंकाका ह्यामिल्टनले गोल गर्दै गोल अन्तर कम पारेका थिए । त्यसपछि दुवै टिमले खेलमा गोल गर्ने केही अवसर पाए पनि सदुपयोग गर्न सकेनन् ।

सन्तोष तामाङले श्रीलंकन गोलकिपर सुजन परेरासँग वान भर्सेस वानमा गोल गर्न सकेनन् । वैकल्पिक खेलाडीको रुपमा मैदान प्रवेश गरेका आयुष घलालनले ८३औं मिनेटमा गोल गर्दै नेपाललाई ३-१ को अग्रता दिलाए । त्यसअघि पनि उनले गोलको अवसर पाए पनि सदुपयोग गर्न सकेनन् । आयुषले राष्ट्रिय टिमका लागि गरेको यो पहिलो गोल हो । इन्जुरी टाइमको तेस्रो मिनेटमा श्रीलंकाका डिलोन डे शिल्भाले गोल गर्दै गोल अन्तर घटाए पनि हार टार्न पर्याप्त भएन । शिल्भाले पेनाल्टीमा गोल गरेका हुन् ।

पाँच टिमबीच राउण्ड रोविनका आधारमा प्रतिस्पर्धा भइरहेको प्रतियोगितामा नेपालले आफ्नो तेस्रो खेल असोज २४ गते भारतसँग खेल्नेछ । नेपालका कप्तान किरणकुमार लिम्बुले जितपछि यो नै अन्त्य नभएको र अर्को स्टेफ बाँकी रहेको बताए । आजको खेलपछि पाँच दिन विश्राम रहेकोले अबको खेलमा भारतविरुद्ध पूरा ९० मिनेट कडा फाइट गर्ने उनले बताए ।

फोटो : अधाधु

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४