Jana Prahar

मंगलबार, असोज २७ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

वडाध्यक्षमाथि हातपात भएको भन्दै पौडेल समूह प्रतिकारमा, सानेपामा धर्ना दिन पौडेल सहित सिंह र कोइराला पुग्दै


  • जन प्रहार
  • प्रकाशित मिति बिहिबार, असोज ७ २०७८
  • 2.5K
    SHARES

काठमाडौं । पार्टी मुख्य कार्यालय सानेपामा धर्नामा बसेकाहरुलाई मन्त्रीले हातपात गरेको भन्दै कांग्रेस संस्थापन इतर समूह प्रतिकारमा उत्रिएको छ । पौडेल समूहले पार्टी मुख्य कार्यालयमा विरोध र धर्ना दिने तयारी गरेको छ ।

कांग्रेस सांसद अमरेशकुमार सिंहको नेतृत्वमा विरोध प्रदर्शन गर्न लागिएको हो । सिंहका अनुसार वरिष्ठ नेता रामचन्द्र पौडेल, नेताहरु प्रकाशमान सिंह, शेखर कोइराला लगायतका नेता तथा कार्यकर्ताहरु प्रदर्शनमा उत्रिने भएका हुन् ।

मंगलबार प्रदेश–२ का युवा तथा खेलकुद र महिला बालबालिका मन्त्री वीरेन्द्रप्रसाद सिंहले सर्लाही जिल्ला बरहथवा नगरपालिका–४ का वडाध्यक्ष लाखिन्द्र महतोलाई हतपात गरेको भन्दै विरोध जनाइएको हो ।

उनीहरु बीच क्रियाशील सदस्यताको विषयलाई लिएर विवाद भएको थियो । पार्टी कार्यालय सानेपामा भएको त्यो विवादबारेको करिब दुई मिनेट लामो भिडियो समाजिक सञ्जालमा भाइरल छ ।

भिडियोमा दुईजनाबीच भनाभन भएको देखिन्छ । त्यतिकैमा धेरैजना कराएको आवाज सुनिन्छ –त्यसपछि गालिगलौज सुरु हुन्छ । गालिगलौजपछि धकेलाधकेल भएको दृष्य भिडियोमा देखिन्छ । यसरी विवाद प्रदेश मन्त्री र वडाध्यक्षबीच भएको थियो । वडाध्यक्ष महतोले मन्त्रीसँगको भनाभनमा धकेलाधकेल भएको बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४