एजेन्सी । युरोपेली संघले गरीब देशहरुलाई २० करोड डोज कोरोना भाइरस विरुद्धको खोप सहयोग गर्ने भएका छन् ।युरोपेली संसदको बैठकमा युरोपेली आयोगकी अध्यक्ष उर्सुला भान डेर लेयनले गरीव राष्ट्रहरुलाई २० करोड खोप प्रदान गर्ने घोषणा गर्नुभएको हो ।
उहाँले गरिव राष्ट्रहरुलाई थप २० करोड खोप डोज उपलब्ध गराउने निर्णय गरेको जानकारी दिदै सन् २०२२ को मध्यसम्ममा खोप उपलब्ध गराईसक्ने बताउनुभयो ।अध्यक्ष भानले गरिब देशहरुलाई गरिने सहयोग विश्व स्वास्थ्यकै लागि योगदान र लगानीको रुपमा लिनुपर्ने पनि बताउनु भयो ।
युरोपेली संघले यो योजनामा सहयोग गर्न धनी र शक्तिशाली राष्ट्रहरुलाई अपील समेत गरेको छ ।