Jana Prahar

बुधबार, असोज २८ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

एमालेद्वारा राष्ट्रियसभा बैठक अवरुद्ध, शोक प्रस्ताव मात्र पारित


  • जन प्रहार
  • प्रकाशित मिति बुधबार, भाद्र ३० २०७८
  • 2K
    SHARES

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले राष्ट्रियसभाको बैठक अवरुद्ध गरेको छ ।

एमालेको अवरोधका कारण बुधबारको बैठक मुख्य कार्यसूचीमा प्रवेश नै नगरी बैठक स्थगित भएको हो । राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले बैठक सुरु गरेलगत्तै एमालेका सांसदहरूले उठेर विरोध गरेका गरेका थिए ।

विपक्षी दलको विरोध जारी रहेपछि अध्यक्ष तिमिल्सिना पहिलो र दोस्रो नम्बरमा रहेको कार्यसूची हटाएर तेस्रो नम्बरमा रहेको शोक प्रस्ताव प्रस्तुत गर्नुभएको थियो ।संविधानसभा सदस्य मानबहादुर महतोको निधनमा शोक प्रस्ताव पारित गर्दै बैठक असोज ५ गते बस्ने गरी स्थगित गरिएको छ ।

विपक्षी दल एमालेले भदौ २३ देखि सुरु भएको चालु अधिवेशनका राष्ट्रियसभाका बैठकहरू अवरुद्ध गर्दै आएको छ । प्रतिनिधिसभामा जस्तै राष्ट्रियसभामा पनि विपक्षी दल एमालेले सभामुख अग्निप्रसाद सापकोटाको भूमिकामाथि प्रश्न गर्दै अवरोध गरिरहेको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४