Jana Prahar

बुधबार, असोज २८ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

बजेट पारित नहुँदै प्रतिनिधिसभा बैठक स्थगित, अर्को बैठक असोज ४ गते बस्ने


  • जन प्रहार
  • प्रकाशित मिति मंगलबार, भाद्र २९ २०७८
  • 2K
    SHARES

काठमाडौं । संशोसनसहितको बजेट पारित नहुँदै प्रतिनिधिसभाको बैठक स्थगित भएको छ ।

मंगलबारको बैठक सुरु भएलगत्तै प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)का सांसदहरूले नाराबाजी गरेका थिए ।

नाराबाजीकै बीच अर्थमन्त्री जनार्दन शर्माले पेश गरेको ‘विनियोजन विधेयक विचार गरियोस्’ भन्ने प्रस्ताव बहुमतले पारित गरिएको छ । उक्त प्रस्ताव बहुमतले पारित गरेपछि बैठक असोज ४ गते बिहान ११ बजेसम्मका लागि स्थगित गरिएको हो ।

बुधबार रातिदेखि जेठ १५ गते अध्यादेशमार्फत ल्याएको बजेटको वैधानिकता सकिँदैछ । त्यस्तो अवस्थामा सरकारले प्रतिस्थापन विधेयकलाई विरोधकै बीच अघि बढाएको हो ।

सभामुख अग्नि सापकोटाले प्रतिस्थापन विधेयक निर्णथार्य पेश गर्दा पनि एमालेका सांसदहरूले नाराबाजी गरिरहेका थिए । बैठक सुरु हुनेबित्तिकै एमाले सांसदहरूले वेल घेरेर नाराबाजी गरेका हुन् ।

त्यसपछि केहीबेर बजेट छलफल भयो । सभामुखले उठेका प्रश्नको जवाफ दिन बोलाएका अर्थमन्त्रीले जवाफ नदिइ छलफलमा सहभागी भएकोमा धन्यवाद मात्रै भन्नुभयो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४