Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

‘तोरी खायो मौरीले’ बोलको गीतलाई बन्द गर्न मौरीपालक महासंघको माग


  • जन प्रहार
  • प्रकाशित मिति मंगलबार, भाद्र २९ २०७८
  • 5.2K
    SHARES

दुई महिना अगाडि सार्वजनिक तीज गीत ‘हान्छु तिम्लाई लौरीले’ बोलको गीतलाई लिएर नेपाल मौरीपालक महासंघले आपत्ति जनाएको छ । खेम सेञ्चुरी र कमला घिमिरेको स्वरमा सार्वजनिक उक्त गीतमा समावेश शब्दप्रति महासंघले आपत्ति जनाएको हो । महासंघले गीतमा समावेश ‘तोरी खायो मौरीले’ भन्ने शब्दमा आपत्ति जनाएको छ ।

यसप्रति मौरीपालक महासंघ दुःखित रहेको र कृषकहरुलाई आक्रोशित र अन्यौल बनाएको भन्दै मौरीपालक महासंघले आईतबार विज्ञप्ती नै जारी गरेको छ । मौरीपालक महासंघले गीत सम्प्रेषित र प्रकाशित गर्नेप्रति खेद प्रकट गर्दै कानुनी कारवाही गर्न आग्रह गरेको छ । साथै, यो गीतको प्रशारण बन्द गर्न पनि महासंघले माग गरेको छ ।

तोरी उत्पादनमा मौरी विचरण गर्दा ३० देखि ३३ प्रतिशत भन्दा बढी उत्पादनमा बृद्धि भएको अवस्थामा उक्त गीतले गलत सन्देश प्रस्तुत गरेको मौरीपालक महासंघका अध्यक्ष शिव प्रसाद शर्माले अनलाइनखबरसँग बताए ।
उनले भने–‘मौरीले तोरी खाएपछि राम्रो उत्पादन हुँदोरहेनछ भन्ने खालको नकारात्मक सन्देश गीतले सम्प्रेषण गर्न खोजेको छ ।’ गीत सार्वजनिक भएको लामो समयसम्म जानकारी नपाएको र जानकारी पाउनासाथ विरोध जनाएको उनले बताए । उनले कृषि मन्त्रालय, गृह मन्त्रालयमा समेत यसबारे जानकारी गराएको बताए ।

यस गीतलाई नेत्र अर्यालले लेखेका हुन् । उनले शब्दलाई केवल विम्बका रुपमा मात्र प्रयोग गरिएको बताए । उनले गीत, संगीतमा धेरै कुराहरु विम्बका रुपमा प्रयोग हुने बताउँदै गीत सार्वजनिक भएको लामो समयपछि विज्ञप्ती आएकोमा आश्चर्य प्रकट गरे ।

उनले भने–‘हामीले केवल विम्बका रुपमा ‘तोरी खायो मौरीले’ प्रयोग गरेका हौं । त्यसमा कसैको उत्पादनमा न्यूनिकरण गर्ने, ह्रास् ल्याउने किसिमका शब्द प्रयोग गरेका छैनौं । यो त सिधै सिर्जनामा बन्देज लगाउन खोजेजस्तो कुरा भयो ।’
उनले अगाडि भने–‘तिमी जून जस्ती छौं भन्दा यूवतीको अनुहार गोलो परेको हुन्छ र ?’

उनले गीतसंगीतमा यसरी विज्ञप्ती आउँदै जाने हो भने सर्जकले गीत लेख्ने समयमा प्रत्येक संघसंस्थामा धाउनुपर्ने अवस्था आउन सक्ने गुनासो गरे ।

उनले अगाडि भने–‘मौरीले मिहिनेत गरेर आएर गुलियो मह बनाउँछ । साना नानीहरुलाई तिमीहरुले पनि मिहिनेत गरेर पढ्नुपर्छ भन्ने हिसावले विम्बका रुपमा तोरी र मौरीलाई प्रस्तुत गरिएको हो । अब उहाँहरुलाई कसरी हानी गर्यो ? उहाँहरुले नै बताउनुहोला ?’

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४