Jana Prahar

बुधबार, असोज २८ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

विवेकशील साझाका दुई समूहको छुट्टाछुट्टै बैठक : एक अर्कालाई कारबाहीसम्मको तयारी


  • जन प्रहार
  • प्रकाशित मिति बिहिबार, भाद्र १७ २०७८
  • 2.6K
    SHARES

विवेकशील साझा पार्टीको दुई वटा समूहका छुट्टाछुट्टै केन्द्रीय कार्यसमिति बैठक बस्दै छ । अध्यक्ष रवीन्द्र मिश्रले साढे १२ बजे बैठक बोलाएका छन् भने संयोजक मिलन पाण्डेले बिहान ११ बजे बैठक बोलाएका छन् । दुवै बैठक भर्चुअल माध्यमबाट हुने विवेकशील साझाका प्रवक्ता शरद राज पाठकले बताए ।  

अध्यक्ष मिश्र समूहले पार्टीमा सृजना भएको वर्तमान वैचारिक बहस, उत्पन्न गतिरोध र त्यसको निकासलाई बैठकको एजेण्डा बनाएको छ । यता पाण्डे समूहले बैठक सञ्चालन कार्यविधि, पार्टीको विधान, पार्टीमा देखिएको वैचारिक विचलन र आगामी कार्यदिशा, एकताको महाधिवेशन, समसामयिक राजनीतिक प्रस्ताव सहित ११ बुँदामा छलफल गर्नेबारे एजेण्डा तय गरिएको छ ।

अध्यक्ष मिश्रले गत साउन ११ गते सङ्घीयताको खारेजी र धर्म निरपेक्षतामा जनमत सङ्ग्रहसहितको राजनीतिक प्रस्ताव सार्वजनिक गरेपछि विवेकशील साझामा वैचारिक मतभेद देखिएको छ । पाण्डे समूहले मिश्रको राजनीतिक प्रस्ताव पार्टीलाई स्वीकार्य नहुने बताएको छ । आजको बैठकमा दुवै पक्षले एक अर्कालाई स्पष्टीकरण सोध्ने तयारी राखेको बुझिएको छ ।

मिश्र समूहले संयोजक पाण्डे, नेताहरू केशव दाहाल र हरिष भट्टलाई प्रस्टीकरण सोध्ने तयारी गरेको छ । यता पाण्डे समूहले पनि अध्यक्ष मिश्र र प्रवक्ता शरद पाठकलाई जिम्मेवारीबाट हटाउने तयारी थालेको छ । त्यसका लागि अहिले पाण्डे समूह आन्तरिक छलफलमा छ । तर विवेकशील साझाको विधान अनुसार मिश्र र पाण्डेले बोलाएको दुवै बैठक अवैधानिक छ ।

​नेता केशव दाहाले जन न्युज नेपाल खबरलाई भने, ‘अन्तरिम विधानको धारा २०.१० मा पार्टीको प्रथम महाधिवेशनसम्मको लागि कायम रहने गरी केन्द्रीय समितिमा अध्यक्ष र संयोजक रहने र दुवैको आपसी समझदारीमा पार्टीको काम कारबाही सञ्चालन हुने उल्लेख गरिएको छ। आजको दुवै बैठक अवैधानिक हुन्छ । यो अनौपचारिक बैठक हो ।’

तर प्रवक्ता पाठकले भने अध्यक्षले बोलाएको बैठक वैधानिक हुने बताए । उनका अनुसार बैठकको वैधानिकताबारे निर्वाचन आयोग र कानुनविद्सँग सरसल्लाह गरिएको छ ।

उनले भने, ‘पार्टीमा गतिरोध उत्पन्न भएको अवस्थामा त्यसलाई फुकाउन कार्यकारी अध्यक्षले बोलाएको बैठक वैधानिक हो ।’ दाहालका अनुसार अध्यक्ष मिश्रले पाण्डे समूहले अगाडि सारेका ११ एजेण्डा अस्वीकार गरेपछि छुट्टाछुट्टै बैठक बस्ने अवस्था आएको छ । मिश्रले  सङ्घीयताको खारेजी र धर्म निरपेक्षतामा जनमत सङ्ग्रहका सन्दर्भमा केन्द्रीय कमिटी बैठक निर्णय लिनु खोजेपछि विवाद थप चर्किएको देखिन्छ  ।

उनले भने, ‘अध्यक्ष र संयोजकले महाधिवेशनका लागि एउटा राजनीतिक दस्तावेज लेख्ने प्रयास गर्नुपर्छ । त्यहाँ सहमति नभए महाधिवेशनमा दुई वटा प्रस्ताव लिन सकिन्छ । उहाँले त्यो बाटोमा जान खोज्नु भएन ।’ १३० सदस्यीय केन्द्रीय समितिमा आफ्नो बहुमत रहेको रहको मिश्र समूहको दाबी छ ।

विवेकशील र साझाबीच एकता हुँदा ६५–६५ जना गरी १३० सदस्यीय केन्द्रीय कमिटी बनेको छ  । त्यसमा तत्कालीन साझाका केशव दाहालसहित केही नेता पाण्डे समूहमा लगेका छन् । यता तत्कालीन विवेकशीलका तत्कालीन महासचिव निर्देश सिलवाललगायत नेताहरू मिश्र समूहमा लागेका छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४