Jana Prahar

बुधबार, असोज २८ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

सुदूरपश्चिममा भीम रावललाई धक्का, प्रभावशाली नेता कसरी भए निष्प्रभावी ?


  • जन प्रहार
  • प्रकाशित मिति मंगलबार, भाद्र १५ २०७८
  • 6.3K
    SHARES

नेकपा एमालेभित्र सुदूरपश्चिम प्रदेशमा आफ्नो प्रभाव जमाएका नेता भीम रावल अन्ततः निष्प्रभावी देखिएका छन् । मंगलबार सुदूरपश्चिम प्रदेशसभाका १० जना एमाले सांसदले माधवकुमार नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादीका पक्षमा सनाखत गराएसँगै लामो समयदेखि सुदूरपश्चिमको राजनीतिमा प्रभाव जमाएका रावल निष्प्रभावी ठहरिएका हुन् ।

प्रदेशसभामा एमालेका २५ सांसदमध्ये १० जना औपचारिक रुपमै एकीकृत समाजवादतिर लागेका छन् भने ३ जनाको कागजात नमिलेका कारण आज आयोगमा आफ्नो नाम सनाखत गराएका छैनन् । भौतिक पूर्वाधार विकास मन्त्री दीर्घराज सोडारी, सांसदद्वय अर्चना गहतराज र तारा लामा तामाङले दस्तावेज नपुगेका कारण सनाखत गराउन नपाएका हुन् । उनीहरुले बुधबार सनाखत गराउने जनाइएको छ । जबकि, सुदूरपश्चिम प्रदेशमा एमालेका पक्षमा भीम रावलजस्ता पुराना कमान्डरमात्र नभई माओवादी पृष्ठभूमिबाट एमालेमा प्रवेश गरेका लेखराज भट्टजस्ता राष्ट्रिय राजनीतिमा प्रभावशाली भूमिका निर्वाह गर्ने नेता समेत छन् ।

यसका बाबजुद, कमाण्डरविहीन अवस्थामै सुदूरपश्चिम प्रदेशमा माधवकुमार नेपालका पक्षमा १३ सांसद उभिएका हुन् । २२ गतेसम्म नेकपा समाजवादीको पक्षमा यो संख्या अझै बढ्न सक्ने नेताहरुले दावी गरेका छन् । यसअघि माधव नेपाल पक्षका नेता भनेर चिनिएका उपाध्यक्ष समेत रहेका रावल माधव नेपालले अलग पार्टी गठन गर्दा ओलीतिरै लागेका थिए ।

सर्वोच्च अदालतको गत फागुन २३ को फैसलाले नेकपा विभाजन भएपछि रावल माधव नेपालको पक्षमा लाग्दा एमाले अध्यक्ष ओलीले माओवादीबाट प्रवेश गरेका लेखराज भट्टलाई एमालेको सुदुरपश्चिम इन्चार्ज बनाएका थिए । तर, एमालेमा आएको विभाजनमा रावल ओलीतिर लागेपछि ओलीले पुनः भदौ १३ पछि रावल नै इन्चार्ज रहेको सर्कुलर जारी गरेका थिए ।

राष्ट्रियताका सवालमा खरो र तर्कपूर्ण टिप्पणी गर्ने रावल ओलीले संविधानविपरीत गरेको संसद विघटनलाई प्रतिगामी भन्दै आएका थिए । तर, पछिल्लो पटक उनै ओलीसँग जोडिन पुगेपछि विगतमा रावललाई साथ दिदै आएका सुदूरपश्चिमका नेताहरुले समेत उनको साथ छोडेका छन् । यसबारे जन न्युज नेपाल खबर प्रतिनिधिले रावलसँग सम्पर्क गर्दा अन्तिम परिणाम आएपछि मात्रै प्रतिक्रिया दिने बताए ।

‘अहिले केही प्रतिक्रिया छैन, अन्तिम परिणाम आओस् अनि बोलौँला’, नेता रावलको भनाइ छ ।

यता नेकपा एकीकृत समाजवादी पार्टीको पक्षमा हस्ताक्षर गरेकी प्रदेश सांसद दुर्गाकुमारी कामीले सुदूरपश्चिम प्रदेशका सांसदहरुले व्यक्ति नरोजेर विचार रोजेको प्रतिक्रिया दिइन् । उनले केपी ओलीको विचार समूह प्रतिगामी विचार समुह र माधव नेपाल नेतृत्वको समुह अग्रगमनको पक्षमा रहेकाले प्रदेशका धेरै सांसद नेकपा समाजवादीमा लागेको बताइन् ।

‘राजनीतिमा व्यक्ति प्रधान हुदैन, विचार प्रधान हुन्छ । हाम्रो प्रदेशका माननीयहरु विचारको पक्षमा लाग्नुभएको छ, अग्रगमनको बिचार बोक्ने समुहमा लाग्नुभएको छ यो राम्रो संकेत हो’, प्रदेश सदस्य कामीको भनाइ छ । 

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४