Jana Prahar

मंगलबार, असोज २७ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

माधव समूहको कास्की समानान्तर कमिटी नै एकीकृत समाजवादीमा


  • जन प्रहार
  • प्रकाशित मिति सोमबार, भाद्र १४ २०७८
  • 3.1K
    SHARES

एकीकृत समाजवादीका कास्की जिल्ला अध्यक्ष धनराज आचार्य र सचिव होम नेपाली ।


 पोखरा /  कास्कीमा गठन भएको नेकपा एमाले माधवकुमार नेपाल समूहको समान्तर कमिटी नै नेकपा एकीकृत समाजवादी पार्टीमा रुपान्तरण हुने भएको छ ।

सर्वोच्च अदालतले नेकपा विवादमा फागुन २३ गते एमाले ब्युँताइदिएपछि चैत १९ गते कास्कीमा नेपाल समूहको समानान्तर कमिटी घोषणा भएको थियो । धनराज आचार्यको संयोजकत्वमा ७५ सदस्यीय समान्तर कमिटी नेता नेपालले घोषणा गरेका थिए । चैत २४ गते कमिटीलाई पूर्णता दिँदै १ सय ४७ सदस्यीय बनाइएको थियो ।

नेकपा एमालेबाट अलग भएर नेता नेपालको अध्यक्षमा नेकपा एकीकृत समाजवादी पार्टी गठन भएपछि कास्कीमा पहिलेको समानान्तर कमिटी नै समाहित हुने भएको छ । जुन स्थितिमा हामी समान्तर कमिटीमा जान बाध्य भएका थियौं, ती इस्यु अहिले पनि जस्ताको तस्तै रहेको र राजनीतिक हिसाबले विभाजनमै पुग्नुपरेको अवस्थामा सोही समानान्तर कमिटी नै जस्ताको तस्तै नयाँ पार्टीमा समाहित भयौं,’ अध्यक्ष धनराज आचार्यले भने ।

कमिटीको अध्यक्षमा धनराज आचार्य, सचिवमा होम नेपाली, सहसचिवमा पूर्ण लामा छन् । समानान्तर कमिटीका उपाध्यक्ष शोभाकर भण्डारीको कोरोना संक्रमणका कारण मृत्यु भएको थियो । उपाध्यक्ष पद खाली राखेर १ सय ८५ सदस्यीय एकीकृत समाजवादी पार्टी जिल्ला कमिटी मंगलबार घोषणा गरिने अध्यक्ष आचार्यले जानकारी दिए । कास्की जिल्ला कमिटीसँगै पोखरा महानगर कमिटीमा पनि एमालेको समान्तर कमिटी नै एकीकृत समाजवादीमा रुपान्तरण हुने भएको छ ।

१ सय ४१ सदस्यीय महानगर कमिटीको अध्यक्ष मुक्ति पौडेल र सचिव सुशील बस्नेत छन् । नेकपा विभाजनपछि नेपाल समूहमा लागेका आचार्य एमालेमै रहन सक्ने चर्चा पनि चलेको थियो । तर, आचार्यले भने जुन एजेण्डा लिएर हिजो समानात्नर कमिटी गठन भएको थियो, त्यो एजेण्डा बाँकी नै रहेकाले नेपाल नेतृत्वको पार्टीमै लागेको बताए ।

‘जुन स्थितिमा हामी समान्तर कमिटीमा जान बाध्य भएका थियौं, ती इस्यु अहिले पनि जस्ताको तस्तै रहेको र राजनीतिक हिसाबले विभाजनमै पुग्नुपरेको अवस्थामा सोही समानान्तर कमिटी नै जस्ताको तस्तै नयाँ पार्टीमा समाहित भयौं,’ आचार्यले भने, ‘अब बृहत पार्टी निर्माणमा जुट्छौं ।’

कास्की पहिलेदेखि नै नेपाल समूहको कमजोर आधार भूमि हो । ओली समूहको चेपुवामा आफूहरु परेको कास्कीका नेताहरुले बताउँदै आएका थिए । तर, अब त्यो अवस्था नरहने आचार्यको जिकिर छ ।

‘धेरै वर्षदेखि एमालेमा काम गरेका व्यक्तिहरु हामीसँग हुनुहुन्छ । जुझारु रुपमा लागेका युवाहरु पनि साथमा हुनुहुन्छ । सबैको साथ लिएर अघि बढ्छौं, एकीकृत समाजवादी अब सानो, कमजोर हुँदैन,’ आचार्यले भने ।

राष्ट्रिय वाणिज्य संघको पूर्वअध्यक्षसमेत रहेका आचार्य पृथ्वीनारायण क्याम्पसका पूर्व स्ववियु सभापति हुन् । कास्कीमा प्रभाव जमाउन सक्ने नेताकै रुपमा परिचय बनाएका आचार्य पोखरा महानगरको मेयरको दाबेदार पनि थिए । छापा प्रकाशन, जलविद्युत आयोजना लगायतमा व्यापारिक हिसाबले सफल मानिएका आचार्य लायन्स क्लबका पूर्वगभर्नर पनि हुन् ।

कास्कीका एमाले केन्द्रीय सदस्य तथा पूर्वसांसद तुलबहादुर गुरुङ, चुडामणि विक जंगली, श्रीनाथ बराल, दिलु पन्त एकीकृत समाजवादी पार्टीको केन्द्रीय सदस्य छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४