Jana Prahar

बुधबार, असोज २८ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

म मुख्यमन्त्री हुनुमा ओली र नेपाल दुवैको सहमति छ : अष्टलक्ष्मी शाक्य


  • जन प्रहार
  • प्रकाशित मिति शनिबार, भाद्र ५ २०७८
  • 7.2K
    SHARES

काठमाडौं । वागमती प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले आफू मुख्यमन्त्री बन्ने विषयमा एमाले अध्यक्ष केपी शर्मा ओली र नयाँ पार्टी गठन गर्ने नेता माधवकुमार नेपाल दुवैको सहमति रहेको बताएकी छन् ।

वागमती प्रदेशसभामा सरकार परिवर्तनको विषयमा आफूले दुवै नेतालाई भेटेर जानकारी गराएको र दुवैको सहमति पाएको उनले बताइन् । शनिबार काठमाडौंको धुम्बाराहीमा आयोजित एक कार्यक्रममा मुख्यमन्त्री शाक्यले आफूले निवर्तमान मुख्यमन्त्री डोरमणि पौडेलसँगै ओलीलाई भेटेको बताइन् ।

वागमतीको यस्तो स्थिति छ । के गर्नुहुन्छ तपाई‌ंले ? हामी मिलेर अघि बढ्न चाहन्छौं, मिलेर अघि बढेका छौं । नीति पास गर्‍यौं, बजेट पास गर्‍यौं । अब सरकार पनि हामी चलाउँछौं भनेपछि खुशी हुनुभयो’ उनले भनिन्, ‘राम्रो काम गर्न थाल्नुभयो अगाडि बढ्नुस् भन्नुभयो । यति पाएपछि के चाहियो ?’

त्यसपछि आफूले नेता नेपाललाई पनि वागमतीमा सरकार फेर्ने सहमतिबारे जानकारी गराएको शाक्यले बताइन् ।

‘हामी यस्तो चरणसँग पुग्यौं । नीति पनि पास गरिसक्यौं, बजेट पास गर्यौं, सरकार परिवर्तन गर्न बाँकी छ । सरकार निर्माण गर्दैछौं । तपाईको निर्देशन चाहियो भनेपछि उहाँ पनि खुशी हुनुभयो’ मुख्यमन्त्री शाक्यले भनिन्,‘केपी कमरेडले यसो भन्नुभएको हो म पनि भन्दिहाल्छु नि, म पनि एकताकै पक्षमा छु भन्नुभयो ।’

नेकपा विभाजन गरेर माधव नेपालले नयाँ पार्टी गठनका लागि निर्वाचन आयोगमा निवेदन दिएको दिन वागमती प्रदेशमा सरकार फेरबदल भएको थियो । त्यस दिन मुख्यमन्त्री डोरमणि पौडेलले राजीनामा दिई शाक्य मुख्यमन्त्री नियुक्त भएकी थिइन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४