Jana Prahar

मंगलबार, असोज २७ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

मानव अधिकार आयोगले भन्‍यो : अफगानिस्तानमा रहेका नेपाली नागरिकको तत्काल उद्धार गर


  • जन प्रहार
  • प्रकाशित मिति मंगलबार, भाद्र १ २०७८
  • 2.4K
    SHARES

काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगले अफगानिस्तानमा रहेका नेपाली नागरिकहरुको तत्काल उद्धार गर्न सरकारलाई आग्रह गरेको छ ।

मंगलबार आयोगले विज्ञप्ति जारी गर्दै अफगानिस्तानमा हालै देखिएको राजनीतिक घटनाक्रमबाट उत्पन्न परिस्थितिमा त्यहाँ रहेका नेपाली नागरिकहरुको जीवन जोखिममा पर्न सक्ने भन्‍दै तत्काल उद्धार गर्न सरकारलाई ध्‍यानाकर्षण गराएको हो । आयोगका प्रवक्ता टीकाराम पोखरेलद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘…अफगानिस्तानमा जोखिममा रहेका नेपाली नागरिकहरुको एकीन तथ्यांक र वास्तविक अवस्था पत्ता लगाई शीघ्र र सुरक्षित रुपमा स्वदेश फर्कने वातावरण मिलाउनका लागि थप प्रभावकारी कुटनीतिक पहल गर्न तथा जोखिमपूर्ण अवस्थामा रहेकाहरुको जीवन रक्षा गरी मानव अधिकारको संरक्षण गर्न आयोग नेपाल सरकारलाई आग्रह गर्दछ ।’

यस्तै आयोगले अफगानिस्तानमा रहेका नेपालीहरुको उद्धारबारे सरकारले गरेका प्रयासहरुको बारेमा परराष्ट्र सचिव भरतराज पौडेल र वैदेशिक रोजगार विभागका महानिर्देशक कृष्णप्रसाद दवाडीसँग छलफल गरेको छ ।

छलफलका क्रममा उनीहरुले नेपाल सरकारले उद्धारका लागि कूटनीतिक पहल जारी राखेको, अफगानिस्तानस्थित विदेशी कूटनीतिक नियोगहरुमा कार्यरत केही नेपालीहरुको उद्धार भई सुरक्षित स्थानमा पुर्‍याइसकिएको, बाँकीलाई सुरक्षित रुपमा नेपाल ल्याउन प्रयास भैरहेको, समाचार माध्यममा आए जस्तो अफगानिस्तानमा ठूलो जोखिमको स्थिति नरहेको, हाल अफगानिस्तानका लागि श्रम स्वीकृति रोकिएको र अन्य मुलुक हुँदै पनि नेपालीहरु अफगानिस्तान प्रवेश गर्ने हुँदा पनि अफगानिस्तानमा रहेका नेपालीको एकीन तथ्याङ्क सरकारसँग नभएको बताएका छन् ।

आयोगका अध्यक्ष तपबहादुर मगरले जुनसुकै हैसियतमा अफगानिस्तान पुगेका भए पनि जोखिममा रहेका सबै नेपाली नागरिकहरुको उद्धार गर्न सरकारलाई निर्देशन दिएका छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४