Jana Prahar

सोमबार, असोज २६ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

‘भोलिको कांग्रेस हाम्रै हो’ भन्दै छलफलमा जुटे युवा नेता, ध्रुवीकरण रोक्न जोड


  • जन प्रहार
  • प्रकाशित मिति मंगलबार, भाद्र १ २०७८
  • 4.6K
    SHARES

काठमाडौं । नेपाली कांग्रेसको संस्थापन र इतर पक्षका करिब दुई दर्जन केन्द्रीय सदस्यहरुले महाधिवेशनमा पार्टीभित्र हुने द्वन्द्वलाई कम गर्ने उपायबारे विमर्श थालेका छन् । नेपाली कांग्रेसको १४ औं महाधिवेशनमा नेताहरुमा ध्रुवीकरण बढ्ने अनुमानका बीच केन्द्रीय सदस्यहरु आन्तरिक एकता कायम गराउने प्रयासमा जुटेका छन् ।

काठमाडौंको एक पार्टी प्यालेसमा सोमबार भएको छलफलमा सहभागीहरुले ‘भोलिको कांग्रेस हाम्रै हो’भन्दै ध्रुवीकरण रोक्नुपर्नेमा जोड दिएका थिए ।नेपालको राजनीति अत्यन्तै ध्रुवीकरणतर्फ जान थाल्यो । अन्तरपार्टी होस् या इन्टरपार्टी, दलहरुमा धु्रवीकरण देखिन थालेको छ । नेपालका कम्युनिष्ट पार्टीभित्र देखिएको यो प्रभाव कांग्रेसमा पनि देखिन सक्छ,’ छलफलको संयोजन गरेका केन्द्रीय सदस्य चन्द्र भण्डारीले भने, ‘कांग्रेस महाधिवेशनमा जाँदैछ, महाधिवेशनमा जाँदै गर्दा पार्टीभित्र द्वन्द्व बढ्नसक्छ ।

अर्काेतर्फ कांग्रेसकै नेतृत्वमा गठबन्धन सरकार छ । त्यहाँ पनि द्वन्द्व हुनसक्छ । पार्टी र सरकारलाई सन्तुलन मिलाएर हामी अगाडि जानुपर्दछ ।’ त्यसका लागि कांग्रेसको भूमिका समन्वयात्मक हुन जरुरी भन्नेबारे छलफल भइरहेको उनले बताए । उनका अनुसार छलफल मंगलबार पनि जारी रहने छ । अर्का केन्द्रीय सदस्य प्रदीप पौडेलले महाधिवेशनको मिति तोकिने र फेरि परिमार्जन हुने अवस्था अब दोहोरिन नहुने बताए । महाधिवेशनमा नेताहरुबीच एकै ठाउँमा उभिने परिस्थिति नभए पनि नीतिगत कुरामा साझा मुद्दा पहिल्याउन कोसिस गर्नुपर्नेमा जोड दिए । साथै महाधिवेशनलाई व्यवस्थित र सौहार्द बनाउन आचारसंहिता बनाउनुपर्ने सुझाव उनले दिए ।

अर्का केन्द्रीय सदस्य महेन्द्र यादवले पार्टी र सरकारलाई सफल बनाउन नेताहरुबीच एकतामा जोड दिइएको बताए । ‘हामी युवाहरु मिलेर सरकार र पार्टीलाई सफल बनाउनुपर्छ । एकातिर महाधिवेशन तोकिएकै समयमा गर्नुछ, अनि सरकारलाई पनि सफल बनाउने जिम्मेवारी छ,’ उनले भने, ‘भोलिको कांग्रेस हाम्रै हो । हामीहरुबीच आजदेखि नै सहकार्यको भावना हुनु जरुरी छ ।’ छलफलमा केन्द्रीय सदस्यहरु चन्द्र भण्डारी, एनपी साउद, धनराज गुरुङ, दीपक गिरी, भीष्मराज आङदेम्बे, गगनकुमार थापा, विश्वप्रकाश शर्मा, महेन्द्र यादव, सुरेन्द्रराज पाण्डे, जीवनबहादुर शाही, श्याम घिमिरे, कमला पन्त, सीता गुरुङ सहभागी थिए । त्यस्तै गुरुराज घिमिरे, बद्री पाण्डे, रामकृष्ण यादव, प्रदीप पौडेल, किरण यादव, रत्ना शेचरन, कल्याण गुरुङलगायत सहभागी थिए ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४