Jana Prahar

शनिबार, असोज २४ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

आजको राशिफल – Aajako Rashifal


  • जन प्रहार
  • प्रकाशित मिति मंगलबार, भाद्र १ २०७८
  • 13K
    SHARES

२०७८ भाद्र १ गते, मंगलबार, १७ अगष्ट २०२१। चन्द्रराशि– वृश्चिक।

मेष – ARIES

चु, चे, चो, ला, लि, लु, ले, लो, अ

अस्वस्थ शरीर लिएर काममा जुट्नुपर्ने अवस्था आउन सक्छ। कामको चाप बढ्नेछ भने शरीरमा कमजोरी अनुभूति हुनेछ। अवसरका लागि केही त्याग गर्नुपर्ला। समय लागे पनि मिहिनेत गर्दा काम बनाउन सकिनेछ। विगतका कर्मको उचित प्रतिफल प्राप्त हुनेछ। स्वास्थ्यका लागि आहारविहारमा ध्यान पुर्याउनुहोला। पहिलेका कमजोरीमा क्रमश: सुधार आउनेछ।

वृष – TAURUS

इ, उ, ए, ओ, बा, बि, बु, बे, बो

माहोल रमाइलो रहनेछ। अतिथिका रूपमा सम्मान प्राप्त होला। मन मिल्ने साथी भेटिनुका साथै प्रेम र मित्रताको बन्धन कसिने सम्भावना छ। केही उपहारसमेत पाइनेछ। सुखदुःखमा साथ दिनेहरू प्रशस्तै भेटिनेछन्। परिवारजनको साथले नयाँ आशा जगाउनेछ। मानसम्मान प्राप्त हुनुका साथै सम्मानित कामकाे यश लिने अवसर छ। रमाइलो व्यावसायिक यात्रा हुनेछ।

मिथुन – GEMINI

का, कि, कु, घ, ङ, छ, के, को, ह

स्वास्थ्य सबल बन्नुका साथै काममा उत्साह जाग्नेछ। पुरुषार्थ देखाएरै समाजमा स्थापित बन्न सकिनेछ। चुनौती पन्छाएर काम बनाउन सकिनेछ। शत्रुहरू किनारा लाग्नेछन् भने प्रतिस्पर्धामा विजयी भइनेछ। भौतिक साधन जुट्नाले दिगो काम सुरु गर्न सकिनेछ। प्रतिकूल समयमा पनि केही काम सम्पादन हुनेछन्। प्रगतिमा ईर्ष्या गर्नेहरूले चाहिँ दु:ख दिन सक्छन्।

कर्कट – CANCER

हि, हु, हे, हो, डा, डि, डु, डे, डो

सुखद् समाचारले उत्साह जगाउनेछ। तारिफयोग्य काम गर्दै धेरैको उपकार गर्न सकिनेछ। बुद्धिको उपयोगले लक्ष्य प्राप्त हुनेछ। आम्दानीका स्रोत बढ्नेछन् भने दिगो फाइदा हुने काम प्रारम्भ गर्ने समय छ। अध्ययनमा प्रगति हुनुका साथै ज्ञानलाई निखार्ने अवसर प्राप्त हुनेछ। बौद्धिक अभिव्यक्तिको प्रभाव बढ्नेछ। आफ्नै सक्रियताले दिगो लाभ उठाउन सकिनेछ।

सिंह – LEO

मा, मि, मु, मे, मो, टा, टि, टु, टे

परिस्थितिअनुसार निर्णय लिन नसक्दा काम बिग्रन सक्छ। तापनि, मान्यजनको मन जित्ने प्रयत्न गर्नुहोला। रोकिएका काममा दोहोर्याएर प्रयत्न गर्दा लाभ हुनेछ। पहिलेका कमजोरी सुधार गर्ने अवसर प्राप्त हुनेछ। भूमि तथा पशुधनबाट लाभ मिल्नेछ। टाढिएका आफन्त नजिकिनेछन्। मिहिनेतले फाइदा दिलाउनेछ। अनावश्यक साइनो गाँस्नेहरूसँग सावधान रहनुपर्ला।

कन्या – VIRGO

टो, प, पि, पु, ष, ण, ठ, पे, पो

परिस्थितिवश केही विवादास्पद जिम्मेवारी वहन गर्नुपर्ला। सहयोगीहरूको भरपर्दा काम बिग्रन सक्छ। तापनि प्रयत्न गर्दा विश्वास नलागेको काम समेत बन्न सक्छ। छोटो समयमा राम्रो उपलब्धि हातपार्न सफल भइनेछ। रोकिएका काम बन्ने र नयाँ काम सुरु गर्ने समय छ। उद्योग र व्यापारमा विशेष फाइदा हुनेछ। प्रतिस्पर्धीहरूले आफ्ना कमजोरीको फाइदा उठाउन सक्छन्।

तुला – LIBRA

र, रि, रु, रे, रो, ता, ति, तु, ते

सानै भए पनि रचनात्मक काममा जुट्ने समय छ। पहिलेको उपलब्धिले उत्साह जगाउनेछ। बोलीको भरमा काम सम्पादन हुनेछ। व्यापारमा सामान्य फाइदा हुनेछ। गरिएका कर्मको प्रतिफल पाइनेछ। तर, हिसाबकिताबमा होसियार रहनुहोला। सम्पादित कामबाट पनि मनग्य धन लाभ हुनेछ। मिहिनेतले आम्दानी बढ्नेछ भने पछि फाइदा हुने काममा सम्झौता हुन सक्छ।

वृश्चिक – SCORPIO

तो, ना, नि, नु, ने, नो, या, यि, यु

रमाइलो जमघटमा सहभागी बन्ने अवसर जुट्नेछ। मिहिनेतको परिणामले आत्मविश्वास बढ्नेछ। विशेष अवसरले प्रसन्नता दिलाउनेछ भने सहयोगीहरूको साथले काममा उत्साह जगाउनेछ। विशिष्ट व्यक्तिहरूसँग भेटघाट हुनेछ भने आकर्षक उपहार प्राप्त हुन सक्छ। तर आगन्तुकले अलमल्याउने हुँदा काममा केही विलम्ब हुनेछ। आलस्य गर्ने बानीले पनि अलि पछि परिनेछ।

धनु – SAGITTARIUS

ये, यो, भ, भि, भु, ध, फा, ढ, भे

आकस्मिक कामले खर्च बढाउन सक्छ। सञ्चित रकम अरूलाई सरसापट दिनुपर्ने हुन सक्छ। परिवारजनबाट टाढिनुपर्ला। अरूलाई समय दिँदा आफू पछि परिनेछ। अर्थअभाव खट्किए पनि आवश्यक पर्दा सरसापट वा कर्जामार्फत धन जुटाउन सकिनेछ। विदेश भ्रमणका लागि प्रयत्न गर्ने समय छ। तर करकापमा परी काम वा विशेष निर्णय गर्नुपर्ने परिस्थिति आउन सक्छ।

मकर – CAPRICORN

भो, ज, जि, खि, खु, खे, खो, गा, गि

राम्रै अवसर पाइनेछ र मिहिनेतले लक्ष्यमा पुर्याउनेछ। दिगो फाइदा हुने काम हातलागी हुनेछ। श्रमको उचित मूल्यांकन होला। पढाइमा प्रगति हुनेछ। व्यापार, साझेदारी र सट्टापट्टामा लाभ मिल्नेछ। दिगो योजना प्रारम्भ गर्ने समय छ। श्रमको उचित मूल्य प्राप्त हुनेछ। सञ्चित धनको उपयोगले लाभ दिलाउनेछ। प्रतीक्षा गरिएको काम बन्नेछ भने उठ्नुपर्ने रकम पनि हातलागी हुनेछ।

कुम्भ – AQUARIUS

गु, गे, गो, सा, सि, सु, से, सो, द

परिस्थितिअनुसार निर्णय लिन नसक्दा काम दोहोर्याउनुपर्ला। अवसरका लागि विवादास्पद जिम्मेवारी पनि वहन गर्नुपर्ला। नियमित काम सम्पादन भए पनि निर्णायक मोडमा दुविधा उत्पन्न होला। बेसुरमा काम गर्दा समस्या पर्नेछ। तापनि, बुद्धिको उपयोगले काम सम्पादन हुनेछ। आजको श्रमबाट पछिलाई फाइदा हुनेछ। खर्च लागे पनि कामको जग बसाउने मौका छ।

मीन – PISCES

दि, दु, थ, झ, ञ, दे, दो, च, चि

अवसरका लागि केही दौडधुप गर्नुपर्ला। काम थाल्न समय लागे पनि सम्भावना खोजी गर्ने समय छ। आजको मिहिनेतले भविष्यमा नाम, दाम र प्रतिष्ठा दिलाउन सक्छ। अध्यात्मभाव जागृत हुनाले परोपकारी काममा प्रवृत्त भइनेछ। दिगो फाइदा हुने योजना कार्यान्वयन गर्न सकिनेछ। सामाजिक दायित्व पनि बढ्नेछ। तारिफयोग्य कामले लोकप्रियता दिलाउनेछ।

# नेपाली पात्रोबाट साभार गरिएको
#
उपप्रा. लक्ष्मीप्रसाद बराल (फलितज्योतिषाचार्य) ९८४१३५२१६४

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४