Jana Prahar

शनिबार, असोज २४ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

शरीरमा देखिएका यी लक्षण हुन् छिटो मृत्युको चेतावनी चिन्ह


  • जन प्रहार
  • प्रकाशित मिति आइतबार, साउन ३१ २०७८
  • 3.7K
    SHARES

शरीरमा महसुस हुने हरेक साना–ठूला परिवर्तनले मानिसको छिटो मृत्युको संकेत दिनसक्छ । डाक्टरले चेतावनी दिँदै यी संकेत हरेकले बुझ्न आवश्यक भएको बताउने गर्छन् ता कि यसलाई समयमा नियन्त्रण गर्न सकियोस् । 

एक शोधको आधारमा अनुसन्धानकर्ताले छिटो मृत्युको यो चेतावनी चिन्ह मृत्यु हुनु १० वर्ष अघि नै देखिने दाबी गरिएको छ । हिँड्डुल गर्नेदेखि लिएर शरीरका विभिन्न गतिविधिमार्फत् तपाईं यसको पहिचान गर्न सक्नुहुन्छ । 

ब्रिटिश मेडिकल जर्नलमा प्रकाशित यो शोधको आधारमा विशेषज्ञले भने, ‘६५ वर्षभन्दा बढी उमेरमा ‘फिजिकल मोटर फंक्सन’ मा गिरावट हुनु मृत्युको बढ्दो जोखिमसँग सम्बन्धित छ ।’

विशेषज्ञका अनुसार मानिसहरु कुर्सीबाट उठ्नेदेखि हिँड्डुल गर्ने र वाकिङ स्पीड वा कमजोर ग्रिप स्ट्रेन्थ (पकड) मार्फत् यी संकेतको पहिचान गर्न सकिन्छ । सुरुवाती चरणमा यसको पहिचान गरेर तपाईं यसको रोकथाम गर्न सक्नुहुन्छ । 

विशेषज्ञको यो दाबी ३३ देखि ५५ वर्षका उमेरका ६,००० स्वयंसेवकमाथि भएको एक अनुसन्धानमा आधारित छ जुन सन् १९८५ देखि १९८८ का बीचमा आयोजना गरिएको थियो । त्यसपछि सन् २००७ र सन् २०१६ बीच यी सहभागीको तीन भिन्न भिन्न समयमा शारीरिक मूल्यांकन पनि गरिएको थियो । 

यसमा हिँडाईको गती, कुर्सीबाट उठ्न लाग्ने समय, केही कुरा समात्ने शक्ति, शौचालयको प्रयोग, पकाउने र सरसामान किनमेलजस्तो केही सहज काम अह्राइएको थियो । यसमा सन् २०१९ सम्म कुनै पनि कारणले भएको मृत्यु पनि दर्ता गरिएको थियो । 

शोधमा पाइए अनुसार फिजिकल मोटर फंक्सनको लेभलमा कमी हुँदा मानिसको छिट्टै मृत्युको बढ्दो जोखिमसँग सम्बन्धित छ । रिपोर्टका अनुसार सन् २०१९ सम्म जुन स्वयंसेवीको मृत्यु भयो, उनीहरुको मृत्युभन्दा १० वर्ष अघिसम्म कुर्सीबाट उठ्ने गती बाँचिरहेका बिरामीको भन्दा कम थियो । 

यति मात्रै होइन, मृत्यु भएका स्वयंसेवकले मृत्युभन्दा चार वर्ष अघिसम्म आफ्नो दैनिक क्रियाकलापमा बाँचिरहेका मानिसहरुभन्दा बढी कठिनाई महसुस गरे । यो अवधिमा मृत्यु हुने स्वयंसेवीहरुको समस्या लगातार बढिरह्यो । 

शोधकर्ताले छिटो मृत्यु भएका २२ स्वयंसेवीमा ‘स्लो वाकिङ स्पीड’ को समस्या भेटे । १५ प्रतिशतमा कमजोर ग्रिप स्ट्रेन्थ र १४ प्रतिशत मामिलामा कुर्सीबाट उठ्दा समय लाग्नेजस्ता समस्या सम्बन्धित थिए । 

यस्तै, दैनिक क्रियाकलापमा कठिनाई मृत्युको ३० प्रतिशत मामिलासँग सम्बन्धित थियो । विशेषज्ञका यो चेतावनीयुक्त चिन्ह समयसँगै बढी गम्भीर हुँदै गयो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४