सुवास महत :ललितपुर ,अषाढ १८
चर्चित गायिका अनु अधिकारी तथा सुमधुर स्वरका धनि दिपक लिम्बू को आवाजद्वारा सजिएको “कान्छू” गित सिर्जु अधिकारि को आफ्नै आधिकारिक युट्युब च्यानल मार्फत सार्वजनिक गरिएको छ।
राष्ट्रिय संगितकर्मी संघ केन्द्रीय सदस्य ,नेपाली चलचित्र ,लोक दोहोरी लगायत नेपाली गित संगितको हरेक क्षेत्रमा आफ्नै छुट्टै पहिचान बनाउन सफल गायिका,मोडल सिर्जु अधिकारी को आफ्नै शब्द र संगित रहेको छ ।
मानव जीवन आखिर के रैछ र जस्ता भावहरु समेटिएर बनाईएको गितको म्युजिक भिडियो मा वादल सिङ्ग ठकुरी ,अनु अधिकारी र मञ्जीला परियार लाई देख्न सकिन्छ ।गितको एरेन्ज महाराज थापाले गरेका हुन् भने भिडियो निर्देशन बिक्रम चौहान ले गरेका हुन ।
सिर्जु अधिकार सांगेतिक क्षेत्रमा निकै नै रुचाईको परिचित नाम हो । हर कोहिलाई आवाज द्वारा मन्द्र मुक्त बनाउन सक्ने क्षमता अधिकारिमा रहेको छ साथै सुन्दरताले पनि भरिपुर्ण छिन उनी ।