Jana Prahar

मंगलबार, असोज २७ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

रामचन्द्रलाई शेखरको प्रस्ताव : म सभापति बन्छु, तपाईं प्रधानमन्त्री


  • जन प्रहार
  • प्रकाशित मिति सोमबार, असार १४ २०७८
  • 2.4K
    SHARES

काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. शेखर कोइरालाले पार्टीको १४ औं महाधिवेशनमा सभापति पदमा आफूलाई समर्थन गर्न वरिष्ठ नेता रामचन्द्र पौडेललाई आग्रह गरेका छन् । सोमबार पौडेललाई भेट्न उनकै निवास बोहराटार पुगेका कोइरालाले बरु प्रधानमन्त्री बन्न प्रस्ताव गरेको स्रोतले जनाएको छ ।

‘उहाँहरु दुबै जना सभापतिको आकांक्षी हुनुहुन्छ, दुबैले एकअर्कालाई सहयोग गर्न आग्रह गरे,’ पौडेल निकट एक नेताले जन न्युज नेपाल खबरसँग भने, ‘रामचन्द्र दाइले एकपटक कांग्रेसको सभापति बन्ने इच्छा छ, यो पटक मलाई सहयोग गर्नुस् भनेर शेखरसँग आग्रह गर्नुभयो तर शेखरले तपाईं प्रधानमन्त्री बन्नूस्, म सभापति बन्छु भन्नुभयो ।’

वरिष्ठ नेता पौडेलले लामो राजनीतिक यात्रामा सधैं निष्ठापूर्वक काम गरेको भन्दै एकपटक सभापति बन्ने इच्छा रहेको बताएका थिए । तर कोइरालाले आफूले १३ औं महाधिवेशन लगत्तै सभापतिमा उम्मेदवारी दिने तयारी गरिसकेकाले पछाडि फर्कन नसक्ने जवाफ दिएका थिए ।

‘तपाईंहरुको उमेर, अनुभव र निष्ठाको राजनीतिका कारण प्रधानमन्त्री बनेर योगदान दिनुस्, तपाईंलाई आउने आम निर्वाचनमा पार्टीकातर्फबाट प्रधानमन्त्रीको उम्मेदवार बनाएर अगाडि बढाउन तयार छु,’ कोइरालाले पौडेललाई भनेका छन् ।

कांग्रेसको १४ औं महाधिवेशन नजिकिएसँगै नेतृत्वका आकांक्षीहरुको भेटघाट बाक्लिएको छ । कांग्रेस सभापति शेरबहादुर देउवाले नेतृत्वमा दोहोरिने बताइसकेका छन् भने संस्थापन समूहमै रहेका उपसभापति विमलेन्द्र निधिले पनि सभापतिमा उम्मेदवारी दिने घोषणा गरिसकेका छन् ।

संस्थापन इतर समूहबाट पनि वरिष्ठ नेता पौडेल, महामन्त्री शशांक कोइराला, पूर्वमहामन्त्री प्रकाशमान सिंह, केन्द्रीय सदस्य डा. शेखर कोइराला, सुजाता कोइराला र कल्याण गुरुङले सभापतिमा उम्मेदवारी दिने बताउँदै आएका छन् ।

आकांक्षी धेरै भएकाले सहमतिमै नेतृत्व चयन गर्न नेताहरुबीच अनौपचारिक छलफलले तीव्रता पाएको हो । सोमबार दिउँसो केन्द्रीय सदस्य सुजाता कोइराला निवासमा वरिष्ठ नेता पौडेल र पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलासहितको लञ्च मिटिङ भएको थियो ।

उक्त बैठकमा क्रियाशील सदस्यताको विषयमा कुराकानी भएको ती नेता निकट स्रोतले बताएको छ । कांग्रेसमा अहिले आठ लाख भन्दा बढी क्रियाशील सदस्यतामाथि छानविन भइरहेको छ । कांग्रेसमा प्रारम्भिक मतदाता मानिने क्रियाशील सदस्यप्रति सबैको चासो छ ।

संस्थापनइतर समूहले क्रियाशील सदस्यतामाथि परेका उजुरीको निष्पक्ष छानविन गर्नुपर्नेमा जोड दिँदै आएको छ । कांग्रेसको १४ औं महाधिवेशन भदौ १६ देखि १९ गतेसम्म काठमाडौंमा सम्पन्न गर्ने गरी कार्यतालिका अनुमोदन भइसकेको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४