Jana Prahar

शनिबार, असोज २४ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

सिन्धुपाल्चोकका बाढी प्रभावितका लागि जुटे कलाकार, कोषमा एक दिनमै ३२ लाख उठ्यो


  • जन प्रहार
  • प्रकाशित मिति शुक्रबार, असार ११ २०७८
  • 5.6K
    SHARES

काठमाडौँ /  सिन्धुपाल्चोकका बाढी प्रभावितहरुको लागि सहायता जुटाउन गठन गरिएको कलाकारहरुको समितिले एक दिनमै झण्डै ३२ लाख संकलन गरेको छ । सिन्धुपाल्चोकका बाढी प्रभावितको व्यवस्थापनका लागि गत साता अभिनेता कृष्ण मल्ल संयोजकत्वमा कलाकारहरुको समिति गठन गरिएको थियो । बिहीबार काठमाडौंमा भएको समितिको भेलाले ‘सिन्धु सहयोग कोष’ स्थापना गरेको छ । त्यहाँ २ दर्जनभन्दा बढी कलाकारले व्यक्तिगत वा संस्थागत रुपमा सहयोगको घोषणा गरेका छन् । कोषका संयोजक मल्लका अनुसार झण्डै ३२ लाख रुपैयाँ सहयोगको घोषणा छ ।

घोषणा भएको उक्त रकम सिधै बैंक खातामा जम्मा गरिने मल्लले जानकारी दिए । ‘कोषमा पहिलो दिनमै झण्डै ३२ लाख रुपैयाँ सहयोगको घोषणा भएको छ’ मल्लले भने, ‘हामी बैंक खाता खोल्दैछौं । जसले सहयोगको घोषणा गर्नुभएको छ उहाँहरुले रकम सिधै खातामा जम्मा गर्नुहुनेछ ।’

कलाकारहरुले थप सहायताका लागि देश तथा विदेशमा रहेका मानिसहरुसँग अपिल पनि गरेका छन् । रकम बैंकमा जम्मा भएपछि पाँचपोखरी, हेलम्बु र मेलम्चीका बाढीपीडितको लागि अस्थायी आवास निर्माणमा सहयोग गर्न सुरु गरिने जनाईएको छ ।

शनिबार पुनः बैठक बसेर थप योजना बनाउने तयारी रहेको अभिनेता एवं सहयोग कोषको संयोजक मल्लले जानकारी दिए । राष्ट्रिय ज्येष्ठ नागरिक महासंघले घर आवास निर्माणका लागि ५ लाख रुपैयाँ सहयोग गरेको छ । यस्तै, सोभित उप्रेतीले घर तथा आवास निर्माणका लागि ११ लाख सहयोग गरेका छन् ।

  • कसको कति सहयोग ?
  • अभिनेत्री करिश्मा मानन्धरः १ लाख रुपैयाँ
  • अभिनेता कृष्ण मल्लः नेपाल फिल्म सोसाइटीका तर्फबाट० स् १ लाख १ हजार रुपैयाँ
  • कृष्ण ढुंगानाः ५० हजार ५ सय ५५ रुपैयाँ
  • कलाकार जितु नेपालः ५१ हजार रुपैयाँ
  • संगीतकार चेतन सापकोटाः ५० हजार रुपैयाँ
  • नेपाल चलचित्र कलाकार संघः ५१ हजार रुपैयाँ
  • चलचित्र वितरक एवं हल संचालक गोपालकाजी कायस्थः २५ हजार रुपैयाँ
  • जनकदीप पराजुली (नेपाल चलचित्र निर्देशक समाज)ः १ लाख १ हजार रुपैयाँ
  • हास्य कलाकार किरण केसी र राज केसी समुहः २ लाख ५३ हजार रुपैयाँ
  • सुभाष खड्काः १ लाख रुपैयाँ
  • अभिनेता भुुवन केसीः १ लाख रुपैयाँ
  • कलाकार सुरेन्द्र केसीः २५ हजार रुपैयाँ
  • नेपाल चलचित्र द्वन्द्व कलाकार संघ(नारायण प्रधान): २५ हजार रुपैयाँ
  • निर्देशक एवं कलाकार दीपाश्री निरौलाः १ लाख १ हजार रुपैयाँ
  • शिवहरी नेपाल ‘बैरागी’: २५ हजार ५ सय २५ रुपैयाँ
  • ईन्द्र दोङः ७५ हजार रुपैयाँ
  • कलाकार मदनदास श्रेष्ठः ५१ हजार रुपैयाँ
  • सोभित उप्रेतीः२ लाख ५१ हजार रुपैयाँ
  • मधु कुमार श्रेष्ठः ५१ हजार रुपैयाँ
  • नेपाल चलचित्र नृत्य संघः २५ हजार रुपैयाँ
  • गायिका सुनिता दुलालः ५१ हजार रुपैयाँ
  • अनु उर्मिला सेरचनः १० हजार रुपैयाँ

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४