Jana Prahar

शनिबार, असोज २४ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

मन्त्रिपरिषदको माइन्युट नै सच्याएर मुख्यसचिवले सशस्त्रका डिआईजी श्रेष्ठको म्याद थपे !


  • जन प्रहार
  • प्रकाशित मिति बुधबार, असार ९ २०७८
  • 8.3K
    SHARES

काठमाडौं। सशस्त्र प्रहरी बलको सुदूरपश्चिम हेर्ने डीआईजी प्रवीण श्रेष्ठको म्याद हिजो साँझको क्याबिनेटले नथप्ने निर्णय गरेपनि आज मुख्यसचिवले हस्ताक्षर गरेको माइन्युटमा थपिएको छ ।

आज मध्यरातबाट स्वतः अवकाश पाउने अवस्थामा रहेका श्रेष्ठको जागिर सकिनु पाँच घण्टाअघि म्याद थपेका कारण अब उनी स्वतः सशस्त्र प्रहरीको आगामी महानिरीक्षकको लाइनमा बसेका छन् ।

हिजो साँझ बालुवाटारमा साढे सात बजेसम्म बसेको क्याबिनेट बैठकले डीआईजी श्रेष्ठको म्याद थप्ने प्रस्तावलाई पारित गरेको थिएन । क्याबिनेटले म्याद नथपेको कुरो थाहा पाएपछि हिजोसम्म वनमन्त्री रहेका नारदमुनी राना र विघटित प्रतिनिधिसभाकी सांसद निरु पालले श्रेष्ठलाई लिएर तत्काल बालुवाटारमा प्रधानमन्त्रीसँग भेट गरेका थिए ।

श्रेष्ठको म्याद थपको लागि मन्त्रीपरिषद् बैठकको निर्णयमा मुख्यसचिवले दस्तखत नगरुञ्जेल थपघट गर्न सकिने अवस्था हुन्छ । त्यहि अवस्थालाई मध्यनजर गर्दै राना र पालले अन्तिम पटक उक्त कोशिस गरेका हुन् । जुन आज साँझ सफल भएको छ ।

आज अदालतको आदेशपछि निवर्तमान बनेका मन्त्री राना कैलाली र निरु पाल कञ्चनपुरका हुन् ।

यसअघि सुदूरपश्चिमकै सशस्त्रका पूर्व डीआईजी सुरज श्रेष्ठको समेत क्याबिनेटले म्याद थपेको थिएन । उनी अवकाश पाएर घर गइसकेका छन् । उनी पनि यसैगरी म्याद थपेको भए स्वतः आईजीपीको लाइनमा हुन्थे । -जनआस्थाबाट

 

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४