सविना दाहाल ललितपुर ।हाल विश्व महामारी को रुपमा रहेको कोरोना भाईरस(कोभिड १९) को दोस्रो भेरियन्टको संक्रमण बढ्दै गएकोले हाल नेपाल सरकारले जारि गरेको निषेधाज्ञा (लक डाउन)का कारण आम नागरिकहरुमा समस्या परेका बेला समाजिक सेवा भावले स्थापित ग्लोबल नामक अन्तर्राष्ट्रिय संस्था र कलाकर्मी हरुको साझा छाता संगठन राष्ट्रिय संगितकर्मी संघ ले निरन्तर रुपमा राहत तथा सहयोगका माध्यमबाट मानव सेवामा सक्रिय भईरहेको छ।
जोखिम बहन गरेरै भयपनि हामी मानव सेवामा समर्पित हुनु आफ्नो कर्तव्य रहेको कुरा ग्लोवलका अध्यक्ष अमृत लामाले बताए।
अभियानका क्रममा सुरक्षाकर्मी ,स्वास्थ्यकर्मीहरु लाई स्वास्थ्य सामाग्री बितरण देखि लिएर लकडाउनका कारणले समस्या परेका भोको पेटमा रहेका हरु को भोको पेट लाई भोक मेटाउन राष्ट्रिय संगित कर्मी संघ विपत्ति व्यवस्थापन समिति का संयोजक विक्रम जङ्ग शाह को संयोजकत्वमा र संगितकर्मी संघ जिल्ला शाखाहरु बाट सिफारिस भएका कलाकार ,बेसाहारा,असहाय ,जेष्ठ नागरिक,दिर्घ रोगी लगायत आम सर्वसाधारण लाई खाना खुवाउने देखि दाल,चामल,तेल ,नुन,मस्यौरा(सोयाविन) लगायतका खाधान्न सामाग्री सहयोग गर्दै आहिरहेको छ।
राष्ट्रिय संगितकर्मी संघ ले कलाकार हरुको हित मा मात्रै नभई आम जनसमुदाय लाई समेत सेवा प्रदान गर्दै निरन्तर अगाडि बढिरहेको छ।जस्मा सहकार्य ग्लोवल नामक संस्था सङ्ग भईरहेको छ।
ग्लोबल का अध्यक्ष लामा नायक समेत हुन् पापि चलचित्र का नायक हरदम सेवा मा निरन्तर लागि रहने बताउछन् ।
महासचिव तथा बिपत व्यवस्थापन संयोजक शाह पनि चलचित्र निर्माता ,गायक हुन् ।धन भएर मात्रै भन्दा पनि मन भएर सहयोग गर्न सकेको बताउछन् । यो अभियान मा संगितकर्मी संघ केन्द्र ,प्रदेश अन्तरगतका जिल्ला शाखा हरु को पुर्ण सहयोग रहेको देखिन्छ ।बिशेष ललितपुर जिल्ला अध्यक्ष सुवास महत,रसुवा अध्यक्ष दावा फेन्जो तामाङ्ग,नुवाकोट अध्यक्ष दिनेश लामा लगायत को बढि सक्रियता देखिन्छ ।सवै मिलेर समस्या को समधान गर्नुपर्ने समेत शाह ले बताउछन् ।
सबैको हातेमालो र सहकार्य गर्दै अगाडि बढ्न सकिने र सबैलाई सुरक्षित भएर बस्न समेत अपिल शाह ले गरेका छन्।