Jana Prahar

सोमबार, असोज २६ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

बादलले मागे माधव नेपालसँग भोट, नेपालले दिएनन् वचन


  • जन प्रहार
  • प्रकाशित मिति मंगलबार, जेष्ठ ४ २०७८
  • 3.1K
    SHARES

काठमाडौं । राष्ट्रियसभा उपनिर्वाचनमा वाग्मती प्रदेशका नेकपा एमाले उम्मेदवार रामबहादुर थापा बादलले एमाले वरिष्ठ नेता माधवकुमार नेपालसँग आफूलाई सहयोग गर्न आग्रह गरेका छन् ।

मंगलबार नेता नेपालको निवास कोटेश्वर पुगेका गृहमन्त्री बादलले राष्ट्रियसभा निर्वाचनमा सहयोग गर्न भनेका नेता नेपालका सहयोगी मोहन गौतमले बताए ।

उनका अनुसार नेता नेपालले भने उम्मेदवारी दर्ताको परिस्थितिमा अन्य दलहरू सहितलाई सहमत गराएर डा. खिमलाल देवकोटालाई आफ्नै पहलमा उम्मेद्वार बनाएकोले अहिले सहयोग गर्न नसक्ने बताएका थिए ।

त्यसपछि नेता बादलले मतदातालाई स्वविवेक प्रयोग गर्न भनौं भन्ने प्रस्ताव गरेको र त्यसमा नेता नेपालले सहमति जनाएको गौतमले बताए ।

नेकपा माओवादी केन्द्र परित्याग गरेपछि बादल राष्ट्रियसभा सदस्यबाट पदमुक्त भएका थिए । त्यसै स्थानमा हुन लागेको उपनिर्वाचनमा बादल नेकपा एमालेका तर्फबाट उम्मेदवार बनेका छन् ।

उनीविरुद्ध नेकपा एमालेकै माधवकुमार नेपाल समूह, नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र जनता समाजवादी पार्टीको समर्थनमा डा. खिमलाल देवकोटा र नेपाल मजदुर किसान पार्टीका कृष्णबहादुर तामाङ उम्मेदवार छन् ।

जेठ ६ गते हुने राष्ट्रियसभा उपनिर्वाचनमा प्रदेशसभा सदस्य र स्थानीय तहका प्रमुख र उपप्रमुख मतदाता रहन्छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४