Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

आज अक्षय तृतीया


  • जन प्रहार
  • प्रकाशित मिति शनिबार, जेष्ठ १ २०७८
  • 8.8K
    SHARES

काठमाडौँ । आज बैशाख शुक्ल पक्षको तृतीया तिथी हो । आजको दिनलाई हिन्दू धर्मशास्त्रमा अक्षय तृतीयाको रुपमा उल्लेख गरिएको छ । अक्षय अर्थात् कहिले पनि क्षय नहुने वा नाश नहुने । धर्म शास्त्रहरुमा आजको दिनको बारेमा यसरी उल्लेख गरिएको छ ।

यत्किञ्चिद् दीयते दानं स्वल्पं वा यदी वा बहु

तत्सर्वं अक्षयं यस्मात्तेनेयमक्षया स्मृता

अर्थात् आजको दिन गरेको जप, दान, वा पुण्य कर्म धेरै होस् वा थोरै होस्, त्यो सबै अक्षय अर्थात कहिले पनि नाश नहुने हुन्छ । त्यसकारण आजको दिन पुण्यका कामहरु गर्नुपर्छ भनेर शास्त्रमा लेखिएको छ । त्यसैले अक्षय तृतीयाको दिन धर्म घडा पनि दान गर्नु भनिएको छ । आजको दिन नै अक्षय तृतीया मनाउनु पर्ने आधारहरु निकै छन् ।

हिन्दू धर्मशास्त्रहरुमा त अक्षय तृतीयाको बारेमा निकै महत्वको वर्णनहरु गरिएका छन् । भविष्य पुराणमा भनिएको छ कि आजको दिन नै सत्य युग र त्रेता युगको शुरुवात भएको हो ।

चार प्रकारका युग हुन्छन् भनेर ग्रन्थहरुमा लेखिएको छ । सत्य युग, त्रेता युग, द्वापर युग र कलि युग । यी चार युगहरुमध्ये सत्य युग र त्रेता युगको आरम्भ आजको दिनदेखि नै भएको हो भन्ने भनाइ छ । आजको दिनको अरु पनि निकै महिमाहरु रहेका छन् ।

हिन्दू धर्मग्रन्थहरुमा भगवान् विष्णुका विशेष रुपमा २४ वटा अवतारहरु भएका कुराहरु उल्लेख छ । ती सबै भगवानका अवतारहरु फरकफरक समयमा भएका छन् । तीमध्ये भगवान् नारायणको परशुराम, नरनारायण तथा हयग्रीव अवतार आज नै भएको हो भन्ने भनाइ छ । आजको तृतीया भगवान् विष्णुको प्रिय तृतीया हो । भगवान् शिवले पार्वतीसँग विवाह पनि आजैका दिन गरेका हुन् ।

आजको दिन विशेष रुपमा जौको सातु तथा सर्वत सत्पात्रलाई दान गर्नुपर्छ । आजको दिन जौको सातु र सर्वत बाँड्नु राम्रो मानिन्छ । आजको दिन जौको सातु र सर्वत मन्दिरका आसपासमा वा भीडभाडमा बाँड्ने गरिन्छ । यसरी बाँड्नाले यमराजको भय हुँदैन भन्ने मान्यता रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४