Jana Prahar

मंगलबार, असोज २७ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

सत्ता दौडको अन्तिम क्षणमा देखियो यस्तो दृष्य!


  • जन प्रहार
  • प्रकाशित मिति बिहिबार, बैशाख ३० २०७८
  • 5.3K
    SHARES

काठमाडौं । नयाँ सरकार बनाउने दौड अन्तिम विन्दूमा पुग्न लागेको बेला कांग्रेसले पदाधिकारी बैठक राखेको छ, भने माओवादी केन्द्रले स्थायी समिति बैठक राखेको छ ।

त्यस्तै, एमालेले विहान स्थायी समिति बैठक राखेर सत्ता दौडमा अर्थपूर्ण कदम चाल्दै चार नेताको निलम्वन फुकुवा गरेको छ । कांग्रेस पदाधिकारी बैठक सभापति शेरबहादुर देउवाको निवास बुढानिलकण्ठमा बसेको हो, भने माओवादीको बैठक केन्द्रीय कार्यालय पेरिस डाँडामा बसेको हो ।

 

सत्ता समीकरणमा निर्णायक मानिएको जनता समाजवादी पार्टीको भने चरम विवादका कारण बैठक नै बसेको छैन । सो पार्टीको अध्यक्ष मण्डल, सचिवालय, केन्द्रीय समिति कुनैको पनि बैठक बसेको छैन ।

प्रतिनिधि सभामा प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत लिदा जसपाले विभाजित भएरै भाग लिएको थियो । जसपाको उपेन्द्र खेमाले प्रधानमन्त्रीको विपक्षमा मत दिएको थियो भने महन्थ ठाकुर खेमा तटस्थ बसेको थियो ।

जसपाभित्रको आधा हिस्सा तटस्थ बसिदिनाले कांग्रेस माओवादीले सरकार गठन गर्न नसक्ने अवस्था आएको छ । तरपनि कांग्रेस र माओवादीले आज राति नौ बजे अगावै राष्ट्रपति विद्यादेवी भण्डारी समक्ष शेरबहादुर देउवाको नेतृत्वमा सरकार बनाउन दाबी गर्ने भएका छन् ।

उनीहरुले जसपाका उपेन्द्र यादवको पनि हस्ताक्षर सहितको पत्र राष्ट्रपतिलाई दिन लागेका हुन् ।

जसपाका प्रथम अध्यक्ष भने महन्थ ठाकुर हुनुहुन्छ । महन्थ सहभागी नभएको गठवन्धनलाई राष्ट्रपति भण्डारीले मान्यता दिनुहुने सम्भावना लगभग नरहेको बताइन्छ । त्यो अवस्थामा राति नौ बजेपछि वर्तमान प्रधानमन्त्री केपी शर्मा ओली नै पुन प्रधानमन्त्री नियुक्त हुनुहुनेछ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४