Jana Prahar

बुधबार, असोज २८ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

हिमालयन र नेपाल इन्भेष्टमेन्ट बैंकबीच मर्जर सम्झौता, देशकै ठूलो बैंक बन्ने


  • जन प्रहार
  • प्रकाशित मिति बिहिबार, बैशाख ३० २०७८
  • 12.6K
    SHARES

काठमाडौं । हिमालयन बैंक र नेपाल इन्भेष्टमेन्ट बैंकबीच आपसमा गाभिने (मर्जर) सम्झौता भएको छ । बिहीबार दुई बैंकबीच भएको प्रारम्भिक सम्झौता अनुसार मर्जरपछि बन्ने बैंकको नाम ‘हिमालयन एण्ड नेपाल इन्भेष्टमेन्ट बैंक’ रहने हिमालयन बैंकका अध्यक्ष तुलसीप्रसाद गौतमले जानकारी दिए ।

अहिले नामको विषयमा मात्रै सहमति भएको उनले बताए । दुई बैंक मर्जरपछि बन्ने हिमालयन एण्ड नेपाल इन्भेष्टमेन्ट बैंक चुक्ता पुँजीको आधारमा नेपालकै ठूलो बैंक बन्नेछ । यद्यपि, यी बैंकहरु कहिलेसम्ममा मर्ज भई एकीकृत कारोबार गर्ने भन्ने यकीन भइसकेको छैन ।

हिमालयन बैंकका अध्यक्ष गौतम सकेसम्म चाडो एकीकृत कारोबार हुने गरी काम अघि बढ्ने बताउँछन् ।

सबैभन्दा ठूलो बैंक बन्ने

दुई बैंक आपसमा गाभिएपछि नेपालमा वाणिज्य बैंकको संख्या २६ मा झर्नेछ । दुई बैंक एक भएपछि कुल चुक्ता पुँजी करिब २७ अर्ब रुपैयाँ पुग्ने छ ।

बिहीबार दुबै बैंकले जारी गरेको संयुक्त विज्ञप्तिमा मर्जरपछि बैंकको निक्षेप ३ खर्ब ११ अर्ब रुपैयाँ पुग्नेछ भने कर्जा २ खर्ब ८७ अर्ब रुपैयाँ पुग्नेछ । यसैगरी शाखा संख्या १५२ र कर्मचारी संख्या २५ सय भन्दा बढी पुग्नेछ ।

मर्जरपछि बन्ने बैंकको सञ्चालक समितिमा दुबै बैंकको तर्फबाट ३/३ जना सञ्चालक नियुक्त हुने र नयाँ सञ्चालक समितिले स्वतन्त्र सञ्चालकको नियुक्ति गरी जम्मा ७ जनाको सञ्चालक समिति हुनेछ ।

मर्जरपछि संस्थाको पुँजी वृद्धि, कार्य क्षेत्र तथा कार्य क्षमतामा अभिवृद्धि हुनुका साथै सबल बैंकको रुपमा वित्तीय बजारमा स्थापित हुने लक्ष्य राखिएको विज्ञप्तिमा उल्लेख छ ।

यसरी जुट्यो सहमति

हिमालयन बैंक राष्ट्र बैंकका प्रथम गभर्नर हिमालय शमशेर जबराको अगुवाइमा स्थापना भएको बैंक हो । अहिले पनि उनकै परिवारको निर्णय बैंकमा लागू हुन्छ । बैंकको प्रमुख कार्यकारी अधिकृत हिमालयका छोरा अशोक शमशेर छन् । हिमालय शमशेर बैंकको प्रमुख सल्लाहकारको रुपमा सञ्चालक समितिमा छन् ।

उता नेपाल इन्भेष्टमेन्ट बैंकमा पुराना बैंकर पृथ्वीबहादुर पाँडे अध्यक्ष र ज्योति प्रकाश पाँडे प्रमुख कार्यकारी अधिकृत छन् । पाँडे परिवार र राणा परिवारबीच पारिवारिक सम्बन्धसमेत रहेका कारण यी दुई बैंकहरु मर्जरमा जान सहज भएको हो ।

अहिले हिमालयन बैंकको अध्यक्ष रहेका गौतम कर्मचारी सञ्चय कोषको प्रतिनिधित्व गर्दै अध्यक्ष भएका हुन् । यसकारण मर्जरपछि पाँडे नै प्रमुख कार्यकारी अधिकृत हुने गरी भद्र सहमति भएको छ । मर्जरपछि बन्ने बैंकको प्रमुख कार्यकारी हिमालयनका अशोक राणा र डेपुटी प्रमुख कार्यकारी ज्योति प्रकाश पाण्डे हुने दुई पक्षबीच सहमति छ ।

बैंकको नेतृत्वमा कुनै समस्या देखिएको छैन । मर्जरका लागि अर्को महत्वपूर्ण कुरा भनेको स्वाप रेसियो हो । मर्जरपछि बन्ने बैंकमा कुन बैंकको सेयर हिस्सा कति हुने भन्ने विषयमा समेत सहमति जुटिसकेको छ ।

मर्जर सम्झौता अगावै यी बैंकहरुको सम्पत्ति तथा दायित्व मूल्यांकन (डीडीए रिपोर्ट) तयार गरिएको थियो । रिपोर्टले एक बराबर एककै हाराहारीमा स्वाप रेसियो हुनसक्ने प्रतिवेदन तयार गरेको छ । अर्थात दुबै बैंकको एक कित्ता सेयर बराबर मर्जर पछि बन्ने बैंकको पनि एक कित्ता नै सेयर हुनेछ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४