Jana Prahar

सोमबार, असोज २६ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

ओली र नेपालबीच बुढानिलकण्ठमा वार्ता सुरु


  • जन प्रहार
  • प्रकाशित मिति बिहिबार, बैशाख ३० २०७८
  • 3.8K
    SHARES

काठमाडौं । नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच भेटवार्ता सुरु भएको छ ।

काठमाडौं बूढानीलण्ठस्थित एक व्यवसायीको घरमा उहाँहरू वार्तामा बस्नुभएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिनुभयो । माधवकुमार नेपाल बालुवाटार जान नमानेपछि नेताद्वयबीच वार्ताको लागि छुट्टै स्थान तय गरिएको हो ।

यसअघि आजै बसेकाे नेकपा एमालेकाे स्थायी कमिटी बैठकले नेपाल पक्षका चार नेतामाथिको कारबाही फिर्ता गरेपछि ओली र नेपालबीच वार्ता तय भएको हो ।

आफूलाई पुनः प्रधानमन्त्री बन्नबाट रोक्न सामूहिक राजीनामा दिने तयारी गरेपछि ओलीले टेलिफोन गरी नेपालसँग भेटको प्रस्ताव गर्नुभएको हो । नेपाल पक्ष सहमतिका लागि पार्टीलाई २०७५ जेठ २ को अवस्थामा फर्काउनुपर्ने अडानबाट पछि नहट्न पक्षमा छन् ।

ओली–नेपाल वार्ताले पार्टीभित्र देखिएको पछिल्लाे विवाद समाधानमा छलफल हुने विश्वास लिइएकाे छ ।

यसअघि वैशाख ८ र ९ मा दुई नेताबीच मेरियट होटलमा भएको भेटवार्ता निष्कर्षविहीन भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४