Jana Prahar

मंगलबार, असोज २७ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

खोपमा भ्रष्टाचार भयो भन्ने नेताहरुलाई स्वास्थ्यमन्त्रीको चेतावनी : बुझेर मात्र बोल्नुस्


  • जन प्रहार
  • प्रकाशित मिति मंगलबार, बैशाख २८ २०७८
  • 3.4K
    SHARES

काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री हृदयेश त्रिपाठीले कोरोना खोपमा अनियमिता नभएको दाबी गरेका छन् ।

मंगलबार पत्रकार सम्मेलन गरेर मन्त्री त्रिपाठीले खोप आयातमा सरकारले एक पैसा पनि कसैलाई कमिसन नदिएको बताए । मन्त्री त्रिपाठीले भने, ‘बोल्न त बोल्नुस्, बुझेर मात्र बोल्नुस् । अनर्गल, झुटा अफवाह र आत्मरतिका लागि नबोल्नुस् ।’

कमिसनका कारण ५० लाख डोज खोप आयात प्रभावित भएको खबरहरु सार्वजनिक भएपछि भ्रष्टाचार भन्दै नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, एमाले नेता माधवकुमार नेपालले वक्तव्य दिएका थिए ।

नेताहरुलाई बुझेर मात्र बोल्न चेतावनी दिएका मन्त्री त्रिपाठीले भारतको सेरम इस्न्टिच्युटबाट ५० लाख डोज खोप किन खरिद हुन सकेन भन्ने चाहिँ खुलाएनन् ।

उनका अनुसार सेरमसँग नेपालले खरिद गरिसकेको १० लाख डोज खोप कहिले आउँछ भन्ने टुंगो छैन । कम्पनीमा भएको आगलागी, भारतमा महामारी फैलिएपछि खोप निर्यातमा रोक लगाउँदा खोप आउन ढिला भएको भन्दै उनले भने, ‘एउटा कम्पनीलाई २० प्रतिशत निर्यातका लागि अनुमति दिइसकेको छ । सेरमले पनि अनुमति पाउनासाथ पहिलो देशका रुपमा नेपालमा खोप आउँछ भन्ने विश्वासमा छौं ।’

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४