Jana Prahar

सोमबार, असोज २६ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

संसदमा प्रधानमन्त्रीको ठट्टा : ‘हुन्न’ भन्ने पक्षमा त कसरी रेजा लगाउनुहुन्छ ?


  • जन प्रहार
  • प्रकाशित मिति सोमबार, बैशाख २७ २०७८
  • 3.5K
    SHARES

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले संसदमा विश्वासको मत मागेका छन् । प्रतिनिधिसभाको विशेष अधिवेशनमा प्रधानमन्त्री ओलीले आफूले विश्वासको मत नपाउनुपर्ने कारण नभएको तर्क दिँदै सांसदहरुसँग विश्वासको मत मागेका छन् ।

‘माननीयज्यूहरुले हुन्न भन्ने पक्षमा त कसरी रेजा लगाउन, कसरी सही गर्न सक्नुहुन्छ ? सभामुख महोदय’, प्रधानमन्त्री ओलीले प्रश्न गरे । असन्तुष्ट सांसदहरुले पनि मत दिन सक्ने उनको भनाइ थियो । ‘बाहिर आउँदासम्म प्रधानमन्त्रीले फोन पनि गर्दैन भन्ने असन्तुष्टि थियो कि ? म काममै लागेर नभ्याएको हो’ प्रधानमन्त्रीले भने, ‘कसैप्रति कुनै आग्रह र पूर्वाग्रह छैन ।’

प्रतिनिधिसभाबाटै आफू तीन वर्ष अगाडि प्रधानमन्त्री बनेको सम्झदै ओलीले फेरि पनि विश्वासको मत पाउने आशा गरे । ‘यस सदनले मलाई निर्वाचित गरेको हो । यस सदनको बलले तीन वर्ष बढी समय प्रधानमन्त्रीको रुपमा यही रोष्टममा उभिएको छु । यही सदनको बलले फेरि पनि रहन्छु भन्ने विश्वास गर्छु’, प्रधानमन्त्रीले भने ।

  • माओवादीसँग पनि मागे विश्वासको मत

प्रधानमन्त्री ओलीले नेकपा माओवादी केन्द्रले पनि फेरि विश्वासको मत दिन सक्ने बताएका थिए । ‘अविश्वास त कसैले गरे नि सभामुख महोदय’ उनले भने, ‘पार्टी अलग भइसक्दा पनि विश्वास छैन भन्नुभएन, समर्थन फिर्ता लिन भएन ।’

आफैंले विश्वासको मत लिन्छु नभनेसम्म पार्टी अलग हुँदा पनि माओवादी केन्द्रले समर्थन फिर्ता नलिएको प्रधानमन्त्री ओलीले बताए । ‘दुई तीन दिन भएको छ, भर्खर फिर्ता भएको । केही बिग्रिएको छैन, आज दिए भइगयो फेरि’, प्रधानमन्त्रीले भने ।

‘कोही साथीहरुले के भन्ने, कोही साथीहरुले के भन्ने भएपछि मैले पनि अलिअलि भने हुँला’, भन्दै प्रधानमन्त्रीले यस्तो भइरहेपनि एकअर्कामा विश्वासको वातावरण रहेको बताए ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४