Jana Prahar

सोमबार, असोज २६ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

संसद सचिवालयमा स्वाब संकलन गरिएका मध्ये १४ जना सांसदसहित कर्मचारी, सुरक्षाकर्मी र पत्रकार संक्रमित


  • जन प्रहार
  • प्रकाशित मिति शुक्रबार, बैशाख २४ २०७८
  • 1.8K
    SHARES

काठमाडौं,  । संघीय संसद भवनमा स्वाव दिएका ६१३ जनामध्ये ६५ जनामा कोरोना संक्रमण देखिएको छ ।

जसमध्ये १४ जना सांसद छन् भने बाँकी ५१ जना सचिवालयका कर्मचारी, सुरक्षाकर्मी र पत्रकार रहेको संसद सचिवालयले स्रोतले जनाएको छ ।आगामी सोमबार बस्ने प्रतिनिधिसभाको विशेष अधिवेशनका लागि संसद सचिवालयले सरोकारवालाहरुको स्वाव संकलन थियो ।

बैशाख २२ ,२३ र २४ गरी तीन दिनमा संकलन गरिएका १ हजार २ सय ३४ जनाको स्वाव परिक्षण गरिएकोमा ६ सय १३ जनाको रिपोर्ट आईसकेको छ ।जसमध्ये १४ जना सांसदसहित सचिवालयका कर्मचारी, सुरक्षाकर्मी र पत्रकार गरी ६५ जनामा संक्रमण पुष्टि भएको हो ।

यसअघि नै संक्रमित भएका ११ जना सांसदमध्ये केहि घरमै आइसोलेसनमा छन् भने केही अस्पतालमा उपचार गराईरहेका छन् ।बिहीबार पनि सांसदसहित ५ सय २५ जनाले स्वाव दिएका थिए । जसमध्ये ६७ जना सांसद छन् ।

शुक्रबार पनि दश जना सांसदसहित एस सय जनाले स्वाव दिएका छन् ।प्रधानमन्त्री केपीशर्मा ओलीले संसदमा विश्वासको मत लिने निर्णय गरेसंगै २७ गते बस्ने प्रतिनिधिसभामा बैठकमा संक्रमित सांसदले कसरी मतदान गर्ने भन्ने विषयमा अन्योल सृजना भएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४