Jana Prahar

सोमबार, असोज २६ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

भारतमा संक्रमणको दर रोक्न लकडाउन गर्न सुझाव


  • जन प्रहार
  • प्रकाशित मिति मंगलबार, बैशाख २१ २०७८
  • 4K
    SHARES

एजेन्सी । भारतका विभिन्न शहरमा फैलिएको कोरोनाका कारण दैनिक सयौं व्यक्तिको मृत्यु भइरहेको छ ।

कोरोनाका बिरामीको चाप अत्याधिक बढ्न थालेपछि अस्पतालमा उपचार र स्वास्थ्य सामग्रीको अभाव हुन थालेको छ ।

अस्पतालका बेडहरु भरिन थालेपछि अक्सिजनको अभावमै बिरामीको खुला आकाशमुनीसमेत उपचार भइरहेको छ ।

कोरोनाको दोस्रो लहरकैबीच पश्चिम बंगाल राज्यमा हालै निर्वाचन सम्पन्न भएको छ ।

पश्चिम बंगालमा फेला परेको भनिएको डबल म्युटिसन सहितको भाइरस विश्वका अन्य मुलुकमा पुग्न नदिन भन्दै धेरै देशले भारतसँग हवाइ उडान समेत बन्द गरेका छन् ।

पश्चिम बंगाल राज्यमा मात्र सवा लाख सक्रिय संक्रमितहरू रहेको भारतीय सञ्चारमध्यमहरुले जनाएका छन् ।

भारतमा कोभिड–१९ संक्रमितहरूको मृत्यदर पनि उच्च छ । भारतमा दैनिक चार लाख हाराहारीमा संक्रमण बढीरहेको छ ।

हिजो मात्र तीन लाख ७० हजार संक्रमित भएको र तीन हजार चार सयको मृत्यु भएको सरकारी तथ्यांक छ ।

भारतको यो संकट नियन्त्रणका लागि त्यहाँ केही साता पूर्णरुपमा लकडाउन गरेर मात्र संक्रमणको चेन ब्रेक गर्न सक्ने बताइएको छ ।

अमेरिकी संक्रामक रोग विशेषज्ञ एवं राष्ट्रपति जो बाइडनका प्रमुख एन्थोनी फाउचीले संक्रमणको डरलाग्दो फैलावट रोक्न देशभर पूर्ण रूपमा बन्दाबन्दी गर्नु नै प्रमुख विकल्प रहेको बताउनुभएको छ ।

यसैबीच संक्रमितको चाप बढेसँगै भारतमा उपचाका लागि अक्सिजनको अभाव हुन थालेको छ ।

भारतको नयाँ दिल्लीका विभिन्न अस्पताल तथा स्वास्थ्य संस्थाहरुमा बिरामीको चापसँगै अक्सिजनको अभाव भएपछि सरकारले भारतीय सेनाको सहयोग मागेको छ ।

दिल्लीमा आइसियु कक्ष सञ्चालन गर्न र स्वास्थ्य सामग्री उपलब्ध गराउन सेनालाई अपील समेत गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४