Jana Prahar

बिहिबार, असोज २९ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

अमेजनको नाफा २ सय प्रतिशतले बढ्यो, ३ महिनामा कमायो ८ अर्ब डलर


  • जन प्रहार
  • प्रकाशित मिति सोमबार, बैशाख २० २०७८
  • 2.8K
    SHARES

काठमाडौँ । अमेरिकी इ-कमर्श कम्पनी अमेजनको मुनाफामा ऐतिहासिक वृद्धि भएको छ । महामारीका कारण अनलाइन किनमेल फस्टाउनुका साथै क्लाउड र विज्ञापन व्यवसाय समेत चम्किँदा अमेजनको खूद आयमा २ सय २४ प्रतिशतले वृद्धि भएको हो ।

बिहिबार सार्वजनिक रिपोर्ट अनुसार जनवरी देखि मार्च सम्मको त्रैमासिक अवधिमा अमेजनले वालस्ट्रिटको प्रक्षेपणलाई गलत साबित गर्दै ८ अर्ब १० करोड मुनाफा आर्जन गरेको छ, जुन अघिल्लो वर्षको सोही अवधिको भन्दा २२४ प्रतिशतले बढि हो । पहिलो त्रैमासिक अवधिमा अमेजनले ४ अर्ब ९८ करोड मुनाफा आर्जन गर्ने प्रक्षेपण वालिस्ट्रिटको थियो ।

पहिलो त्रैमासिक अवधिमा अमेजनको कूल आम्दानी चाहीँ १ खर्ब ८ अर्ब ५० करोड डलर रहेको छ । जुन गत वर्षको पहिलो त्रैमासिकको भन्दा ४४ प्रतिशतले बढी हो ।

मुनाफा तथा आम्दानीमा व्यापक वृद्धि भएको रिपोर्ट सार्वजनिक भएसँगै अमेजनको शेयर मूल्यमा पनि वृद्धि देखिएको छ । विश्लेषकहरुका अनुसार महामारीको यो समयमा अमेजनको व्यवसायिक ढाँचा सबैभन्दा मुनाफायुक्त तथा लाभदायी छ ।

अमेजनको क्लाउड बिजेनसको रुपमा रहेको अमेजन वेब सर्भिसले मात्रै पहिलो त्रैमासिक अवधिमा साढे १३ अर्ब डलरको आम्दानी गर्न सफल भएको छ । साथै अमेजनले आफ्ना अमेजन प्राइमका सशुल्क सब्सक्राइबरको सख्या २० करोड पुर्‍याएको छ ।

दोश्रो त्रैमासिक अवधिमा कम्पनीको आम्दानीको वृद्धिदर कायमै रहने प्रक्षेपण पनि अमेजनले गरेको छ । दोश्रो त्रैमासिक अवधिमा अमेजनले १ खर्ब १० अर्बदेखि १ खर्ब १६ अर्बसम्म आम्दानी गर्नसक्ने प्रक्षेपण कम्पनीको छ ।

सिएनएनबाट

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४