एजेन्सी । भारतको दिल्लीस्थित बत्रा अस्पतालमा अक्सिजनको अभावको कारण ८ जना कोरोना संक्रमितको ज्यान गएको छ ।समाचार एजेन्सी पीटीआईका अनुसार मरेकाहरुमा बत्रा अस्पतालको गैस्ट्रोएन्टेरोलजी विभागका अध्यक्ष पनि सम्मिलित थिए । डाक्टरहरूले ५ जना बिरामीको ज्यान बचाउन प्रयास गरेको जनाइएको छ।
दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले समाचार एजेन्सी एएनआईलाई भनेका छन्, ”त्यहाँ अक्सिजनको गम्भीर अभाव छ र धेरै अस्पतालहरूले आपतकालिन कल गरेका छन्।”
उनले भने, “हामीले अदालतलाई भनेका छौं र केन्द्रलाई यो पनि लेखेका छौं दिल्लीलाई दैनिक ९७६ टन अक्सिजन चाहिन्छ तर हामीलाई ४९० टन मात्र अक्सिजन दिइयो । हिजो हामीले ३१२ टन मात्र अक्सिजन पाएको थियो। यो कसरी चल्छ?”