Jana Prahar

मंगलबार, असोज २७ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

आजको राशिफल – Aajako Rashifal


  • जन प्रहार
  • प्रकाशित मिति मंगलबार, बैशाख १४ २०७८
  • 3.7K
    SHARES

 

२०७८ वैशाख १४ गते, मंगलवार, २७ अप्रिल २०२१। चैत्र शुक्लपक्ष पूर्णिमा तिथि (९ः२७ बजेदेखि वैशाख कृष्णपक्ष प्रतिपदा)। स्वाती नक्षत्र। चन्द्रराशि– तुला।

मेष – ARIES

चु, चे, चो, ला, लि, लु, ले, लो, अ

प्रयत्न गर्दा व्यापार बढ्नुका साथै व्यवसायमा लाभ हुनेछ। आयआर्जनका नयाँ स्रोत समेत फेला पर्नेछन्। भौतिक साधन जुट्नाले पनि आम्दानी बढ्ने काम प्रारम्भ हुनेछ। अतिथिका रूपमा सत्कार प्राप्त हुनेछ। परिस्थिति अनुकूल रहे पनि कामले वादविवाद निम्त्याउनेछ। भौतिक सुविधामा खर्च बढ्न सक्छ। आफन्तसँग सुमधुर सम्बन्धका लागि व्यवहारमा ध्यान पुर्याउनुहोला। 

वृष – TAURUS

इ, उ, ए, ओ, बा, बि, बु, बे, बो

स्वास्थ्य सबल बन्नुका साथै काममा उत्साह जाग्नेछ। पुरुषार्थ देखाएरै समाजमा स्थापित बन्न सकिनेछ। चुनौती पन्छाएर काम बनाउन सकिनेछ। शत्रुहरू किनारा लाग्नेछन् भने प्रतिस्पर्धामा पनि विजयी भइनेछ। व्यापारलगायत आर्थिक लाभ लिने योजना कार्यान्वयन हुनेछन्। भौतिक साधन जुट्नाले दिगो काम सुरु गर्न सकिनेछ। छोटो समयमा विशेष उपलब्धि प्राप्त हुनेछ।

मिथुन – GEMINI

का, कि, कु, घ, ङ, छ, के, को, ह

श्रम परे पनि तारिफयोग्य काम गर्दै धेरैको उपकार गर्न सकिनेछ। बुद्धिको उपयोगले लक्ष्य प्राप्त हुनेछ। आम्दानीका स्रोत बढ्नेछन् भने दिगो फाइदा हुने काम प्रारम्भ गर्ने समय छ। अध्ययनमा प्रगति हुनुका साथै ज्ञानलाई निखार्ने अवसर प्राप्त हुनेछ। मिहिनेतले सम्मानित स्थान दिलाउन सक्छ। बौद्धिक अभिव्यक्तिको प्रभाव बढ्नेछ। सुखद् समाचारले उत्साह जगाउनेछ। 

कर्कट – CANCER

हि, हु, हे, हो, डा, डि, डु, डे, डो

बेसुरमा गरिएकाे कामले पनि उपलब्धि दिलाउनेछ। टाढिएका आफन्तसँग मेलमिलाप वा भेट हुनेछ। अहिलेको फाइदाले पछिलाई घाटा हुन सक्छ। स्वास्थ्यका लागि आहारविहारमा ध्यान पुर्याउनुहोला। व्यावहारिक समस्या सुल्झाउँदै सामाजिक कार्यमा अग्रसर भइनेछ। समस्या दर्साएर सहयोगीहरू फेला पार्न सकिनेछ। प्रयत्न गर्दा विश्वास नलागेको काम समेत बन्न सक्छ। 

सिंह – LEO

मा, मि, मु, मे, मो, टा, टि, टु, टे

छोटो समयमा राम्रो उपलब्धि हातपार्न सफल भइनेछ। स्रोत–साधन जुट्नाले गरिएका कर्मको उचित प्रतिफल प्राप्त हुनेछ। लाभांश बढ्नाले दैनिकीमा परिवर्तन आउनेछ। रोकिएका काम बन्ने र नयाँ काम सुरु गर्ने समय छ। उद्योग र व्यापारमा विशेष फाइदा हुनेछ। प्रयत्न गर्दा विश्वास नलागेको काम समेत बन्न सक्छ। शत्रु तथा प्रतिस्पर्धीलाई सजिलै हराउन सकिनेछ।

कन्या – VIRGO

टो, प, पि, पु, ष, ण, ठ, पे, पो

आत्तिने बानीले समस्या निम्त्याउनेछ। हातमा आएको मौका अरूले फ़ुत्काउन सक्छन्। बोलीको गलत अर्थ लाग्ने समय रहेकाले व्यवहारमा सजग रहनुपर्ला। नयाँ जिम्मेवारी वहन गर्ने समय छ। लेखन तथा सिर्जनात्मक कामबाट ख्याति मिल्नेछ। सहयोगीहरूले साथ दिनेछन्, तर अहिलेको मिहिनेतले पछिलाई फाइदा हुनेछ। शुभचिन्तकहरूको राय लिएर अघि बढ्नुहोला। 

तुला – LIBRA

र, रि, रु, रे, रो, ता, ति, तु, ते

मेहनत गरीकन चिताएको मूल्य प्राप्त नहुन सक्छ। पहिलेकै काम दोहोर्याउनुपर्ने स्थिति आउन सक्छ। अध्ययनमा धेरै समय दिन नसकिएला। तापनि प्रयत्न गर्दा अवसर भने पाइनेछ। साथ दिनेहरू बढ्नेछन्। प्रेम र मित्रताको बन्धन पनि कसिनेछ। पारिवारिक जमघटका बीच स्वादिष्ट भोजनको आनन्द प्राप्त हुनेछ। परम्परालाई समयसापेक्ष परिवर्तन गर्न सकिनेछ।

वृश्चिक – SCORPIO

तो, ना, नि, नु, ने, नो, या, यि, यु

आकस्मिक खर्चले अर्थ अभाव देखापर्न सक्छ। अवसरका लागि केही दौडधुप गर्नुपर्ला। फाइदाका लागि केही वस्तु त्याग्नुपर्नेछ। व्यवसायमा लगानी बढाउनुपर्ला। बलजफ्तीको व्यवहारले व्यर्थैमा समस्या निम्त्याउन सक्छ। आवश्यक पर्दा सरसापट वा कर्जामार्फत धन जुट्नेछ। खर्च लागे पनि यात्रा गर्ने अवसर प्राप्त हुनेछ। तर आफ्नाे उपलब्धिमा अरूले दाबी गर्न सक्छन्। 

धनु – SAGITTARIUS

ये, यो, भ, भि, भु, ध, फा, ढ, भे

मिहिनेतको राम्रो परिणाम प्राप्त हुनेछ। तारिफयोग्य काम सम्पादन गर्दै मनग्गे धन आर्जन गर्न सकिनेछ। प्रतीक्षित नतिजाले उत्साह जगाउनेछ। थोरै लगानीबाट पनि नाफा उठाउन सकिनेछ। विभिन्न भौतिक साधन जुट्नेछन् भने दिगो फाइदा हुने काम प्रारम्भ गर्ने समय छ। आम्दानीका नयाँ स्रोत फेला पर्नेछन्। पहिलेको सफलताले नयाँ अवसर पनि दिलाउन सक्छ। 

मकर – CAPRICORN

भो, ज, जि, खि, खु, खे, खो, गा, गि

पुराना कामको चर्चा हुनेछ भने नयाँ अवसर पनि प्राप्त हुनेछ। विशेष भेटघाटले उत्साह जगाउनेछ। आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ। कीर्तिमानी काम गर्ने समय छ। आवश्यक पर्दा साथीभाइको सहयोग भने नजुट्न सक्छ। मेहनतले नाम, दाम र इनाम प्राप्त हुनेछ। सामाजिक दायित्व बढ्नेछ। भूमि, वाहन र पैत्रिक सम्पत्तिबाट लाभ मिल्नेछ। व्यापारमा फाइदा हुनेछ।  

कुम्भ – AQUARIUS

गु, गे, गो, सा, सि, सु, से, सो, द

नयाँ जिम्मेवारी प्राप्त हुने समय छ। सामाजिक काममा रुचि बढ्नेछ। रोकिएको कामले पनि निकास पाउनेछ। आवश्यक पर्दा सहयोगीहरूको साथ पाइनेछ। समुदायको हितमा राम्रै काम गर्न सकिनेछ। धार्मिक र सेवामूलक कामले प्रतिष्ठा दिलाउनेछ। कर्मक्षेत्रमा गरिएको साधना सिद्ध हुनेछ। मिहिनेतले सजिलै लक्ष्यमा पुर्याउनेछ। प्रतीक्षित नतिजाले उत्साह जगाउनेछ।

मीन – PISCES

दि, दु, थ, झ, ञ, दे, दो, च, चि

अवसरका लागि दौडधुप गर्नुपर्ला।तत्काल लाभ नभए पनि पछिका लागि काम गर्ने समय छ। कामको चाप बढ्नेछ भने शरीरमा कमजोरी अनुभूति हुनेछ। स्वास्थ्यका हिसाबले दिन कमजोर रहनेछ। परिस्थितिले अप्ठ्यारा चुनौतीहरूसँग सम्झौता गराउन सक्छ। जोखिमपूर्ण तथा विवादास्पद जिम्मेवारी वहन गर्नुपर्ला। समस्या दर्साउँदा सहयोगीहरूले साथ दिनेछन्। 

# नेपालि पात्रोबाट साभार गरिएको

# उपप्रा. लक्ष्मीप्रसाद बराल (फलितज्योतिषाचार्य) ९८४१३५२१६४

 

 

 

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४