Jana Prahar

सोमबार, असोज २६ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

नेपाल सुपर लिगमा विराटनगरको जित


  • जन प्रहार
  • प्रकाशित मिति आइतबार, बैशाख १२ २०७८
  • 5.2K
    SHARES

काठमाडौं । विराटनगर सिटी एफसीले नेपाल सुपर लिग एनएसएल फुटबलमा शानदार शुरुआत गरेको छ ।

आइतबार दशरथ रङ्गशालामा भएको पहिलो खेलमा विराटनगरले धनगढी एफसीमाथि ३/० को फराकिलो जित हासिल गरेको हो । विराटनगरलाई जित दिलाउन विक्रम धिमाल, एडिलाजा सोमिडे र सन्तोष तामाङले एक एक गोल गरे ।

विराटनगरका नीलकुमार राई प्रमिशिङ प्लेयर अफ द म्याच हुँदै १० हजार तथा विराटनगरकै सन्तोष तामाङ सुपर प्लेअर अफ द म्याच हुँदै २५ हजार रुपैयाँ जित्न सफल भएका छन् ।

जितसँगै विराटनगर गोल अन्तरमा ३ अंकसहित शीर्ष स्थानमा रहेको छ । शनिबार भएको उद्घाटन खेलमा काठमाडौंले ललितपुरलाई १/० ले पराजित गरेको थियो ।आइतबारको दोस्रो खेलमा साँझ साढे ५ बजे पोखरा थन्डर्स र बुटलव लुम्बिनी एफसीबीच प्रतिस्पर्धा हुनेछ । दुवै टोली जित निकाल्दै सुखद सुरुवात गर्ने लक्ष्यमा रहेका छन् ।

कोरोना महामारीका कारण दर्शकलाई भने रंगशाला प्रवेशको अनुमति दिइएको छैन ।अखिल नेपाल फुटबल संघ (एन्फा) को प्राविधिक सहयोगमा जारी प्रतियोगितामा ७ टिमको सहभागिता रहेको छ ।जेठ १ गतेसम्म हुने प्रतियोगिताको विजेताले ३५ लाख रुपैयाँ पाउने छ । उपविजेताले १५ लाख रुपैयाँ पाउने छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४