Jana Prahar

मंगलबार, असोज २७ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

त्रिकोणात्मक टी–ट्वेन्टी क्रिकेट सिरिजको उपाधि नेपाललाई, नेदरल्याण्ड्स १ सय ४२ रनले पराजित


  • जन प्रहार
  • प्रकाशित मिति शनिबार, बैशाख ११ २०७८
  • 6.6K
    SHARES

काठमाडौं । त्रिकोणात्मक टी–ट्वेन्टी क्रिकेट सिरिजको उपाधि नेपालले जितेको छ । खेलमा नेपालले नेदरल्याण्ड्सलाई १ सय ४२ रनले पराजित गरेको हो ।

२ सय ३९ रनको लक्ष्य पछ्याएको नेदरल्याण्ड्स नेपालको कसिलो बलिङसामु टिक्न सकेन । १७ ओभर ३ बलमा सबै विकेट गुमाएर नेदरल्याण्ड्स ९६ रनमा समेटियो । उसका लागि सेबास्टियन ब्राटले अविजित रहँदै सर्वाधिक २६ रन बनाए । म्याक्स ओ डाउडले २० र पिटर सीलारले १३ रन बनाउनुबाहेक अन्य खेलाडीले दोहोरो अंकको रन जोड्न सकेनन् ।

बलिङतर्फ नेपालका करण केसीले तीन, कमलसिंह ऐरी र सन्दीप लामिछानेले दुई–दुई तथा अभिनास बोहराले एक विकेट लिए ।

यसअघि टस हारेर पहिला ब्याटिङमा तानिएको नेपालले निर्धारित २० ओभरमा तीन विकेट गुमाउँदै २ सय ३८ रन बनाएको थियो । यो नेपालले बनाएको अहिलेसम्मकै ठूलो स्कोर हो । नेपालले यसअघि दक्षिण एसियाली खेलकुदमा भुटानलाई २ सय ३६ रनको लक्ष्य दिएको थियो ।

नेपालका लागि कुशल भुर्तेल र कुशल मल्लले अर्धशतकीय पारी खेल्दै क्रमशः ७७ र अविजित ५० रन बनाए । मल्लले पहिलो पटक अन्तर्राष्ट्रिय क्रिकेटमा अर्धशतकीय पारी खेलेका हुन् ।

यस्तै दीेपेन्द्र सिंह ऐरीले विस्फोटक ब्याटिङ गर्दै १८ बलमा ४८ रन बनाएर अविजित रहे । कप्तान ज्ञानेन्द्र मल्लले ३३ र आशिफ शाहले १६ रनमा पेभेलियन फर्किए ।

बलिङतर्फ नेदरल्याण्ड्सका फिलिप बोसिभानले २ तथा सेबस्ट्यान्ट ब्राटले १ विकेट लिए ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४