Jana Prahar

मंगलबार, असोज २७ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

टी–ट्वान्टी क्रिकेट : उपाधिका लागि नेपाल र नेदरल्यान्ड्स भिड्दै


  • जन प्रहार
  • प्रकाशित मिति शनिबार, बैशाख ११ २०७८
  • 4.2K
    SHARES

काठमाडौं । काठमाडौंमा जारी त्रिकोणत्मक टी–ट्वेन्टी क्रिकेट श्रृंखलाको फाइनलमा आज नेपालले नेदरल्यान्ड्सको सामना गर्नेछ । जारी प्रतियोगितामा नेपाल र नेदरल्यान्ड्सको यो तेस्रो खेल हो ।

यसअघि लिग चरणको पहिलो खेलमा नेपाल विजयी भएको थियो भने दोस्रो खेल नेदरल्याण्ड्सले जितेको थियो । आजको खेल दुबै टोलीको लागि वास्तविक परिक्षा हुनेछ । खेल किर्तीपूरस्थित टियू मैदानमा अपरान्ह पौने २ बजे सुरु हुनेछ ।

कोरोना महामारीपछि पहिलो अन्तराष्ट्रिय प्रतियोगिताको फाइनल खेल्न लागेको नेपाल उपाधि जित्ने लक्ष्यमा रहेको छ ।

नेपालले अहिलेसम्म दुईवटा टी–ट्वेन्टी श्रृंखला जितेको छ । २०१९ मा युएईमा भएको टी–ट्वेन्टी सिरिजमा नेपालले युएईलाई २–१ ले पराजित गरेको थियो । मलेसियामा सोही वर्ष भएको सिरिज नेपालले २–० ले क्लिनस्वीप गरेको थियो ।

त्रिकोणात्मक टी–ट्वेन्टी सिरिज भने नेपालले अहिलेसम्म जित्न सकेको छैन । २०१९ मा सिंगापुरमा भएको जिम्बाब्बे र सिंगापुर सहभागी ट्राई सिरिजमा नेपाल दोस्रो भएको थियो ।

नेपाल रनेदरल्यान्ड्सबीच हालसम्म १० खेल भएका छन् । जसमध्ये ३ खेलमा नेपाल विजयी भएको छ भनेनेदरल्यान्ड्सले ६ खेल जितेको छ । एक खेलमा भने परिणाम निस्किएको थिएन ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४