Jana Prahar

सोमबार, असोज २६ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

एमालेको केन्द्रीय कमिटी बैठक आज बस्दै


  • जन प्रहार
  • प्रकाशित मिति सोमबार, बैशाख ६ २०७८
  • 1.5K
    SHARES

काठमाडौं । नेकपा एमालेको केन्द्रीय कमिटी बैठक आज बस्दैछ । प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने बैठकमा प्रदेशगत रिर्पोटिङ एजेण्डा बनेको छ ।

बैठकमा जिल्लाहरुका इन्चार्ज तोक्नेलगायत नेताहरुको कार्यविभाजन, उपनिर्वाचनको तयारीलगायतका विषयमा पनि छलफल हुनेछ ।

बैठकमा अध्यक्ष ओलीले सांगठनिक प्रतिवेदन पेश गर्नु हुनेछ । यस्तै बैठकमा कर्णाली प्रदेशमा ‘फ्लोर क्रस’ गर्ने नेपाल खनाल पक्षका सांसद प्रकाश ज्वालालाई पार्टी सदस्यता र सांसदबाट हटाउने निर्णय गर्ने बताइएको छ ।

ज्वालासहित नन्दसिंह बुढा, कुर्मराज शाही, अम्मरबहादुर थापाले शुक्रबार वैशाख ४ गते ‘फ्लोर क्रस गरेका थिए ।

यता एमालेका अनुशासन आयोग अध्यक्ष अमृतकुमार बोहराले आजको बैठक रोकेर पार्टीलाई एकताबद्ध बनाउने काम गर्न अध्यक्ष ओलीलाई आग्रह गर्नुभएको छ ।

हिजो एक अपिल सार्वजनिक गर्दै उहाँले आजका लागि बोलाइएको बैठकले स्थितिलाई थप असहज बनाउने भन्दै रोक्न माग गर्नुभएको हो ।

२०७५ साल जेठ २ गतेको केन्द्रीय कमिटी बैठक बोलाउनुपर्नेमा ओलीले त्यसो नगरेको र एउटा पक्षमात्र सामेल भएर फागुन २८ गते निर्णय गरेको बोहोराको अपिलमा उल्लेख छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४