एजेन्सी । यो सिजनको कोपा डेल रेको उपाधि बार्सिलोनाले जितेको छ । गएराति भएको खेलमा एथलेटिको बिल्वाओलाई ४-० गोल अन्तरले पराजित गर्दै बार्सिलोनाले उपाधि उचालेको हो ।
दोस्रो हाफमा १२ मिनेटको अवधिमा चार गोल गरेपछि बार्सिलोना कोपा डेल रेको च्याम्पियन बन्यो । बार्सिलोनालाई उपाधि दिलाउन कप्तान लियोनेल मेस्सीले दुई, एन्टोइन ग्रिजमन र फ्रान्की डियो योङले समान एक/एक गोल गरेका थिए ।

उपाधि जितेपछि बार्सिलाेनाले सेलिब्रेशन गर्याे । सबै खेलाडिहरू उत्साहित बने, ट्रफिसँग फाेटाे खिचे । तर स्पेनिस् डिफेन्डर जेरार्ड पिकेले अरुले भन्दा फरक सेलिब्रेशन गरे । उनले एथलेटिको बिल्वाओको जालीलाई काटेर सेलिब्रेशन गरेका थिए ।
पिकेले यसरी सेलिब्रेशन गरेकाे पहिलाेपटक भने हाेइन, उनले पहिलाेदेखि नै उपाधि जित्दा विपक्षीको जाली काट्दै आएका छन् । उनले विपक्षीको जाली मात्रै काट्दैनन्, काटेकाे जाली पनि आफूसँगै घर लाने गर्छन् । यसको पछाडिको भने मिठो कारण रहेको छ ।

संख्यात्मक आधारमा विश्वको दोस्रो दैनिक पत्रिका एल मुन्डोका अनुसार पिकेले खेल जितेपछि अन्तिममा किन हार्ने टाेलीकाे जाली काटिदिन्छन् भन्नेबारेमा प्रष्ट पारेको देखिन्छ ।
पिकेले प्रतिस्पर्धीको जाली रिस वा अन्य कुनै कारणले भने नकाटेको एल मुन्डोको दाबी छ । उनको अति मिल्ने एकजना साथीकाे स्पेनिस अन्तर्राष्ट्रिय खेलको कारण विवाह गर्न पाएका थिएनन् । तीनै साथीकाे सम्झनास्वारूप पिकेले उपाधि जितेपछि जाली काट्ने गरेकाे मुन्डोकाे जनाएकाे छ । तर,साथीकाे नाम भने खुलाइएकाे छैन ।
एल मुन्डोको रिपोर्टमा उल्लेख छ– ‘स्पेनमा जाली यसकारण काटिन्छ एक आजीवन मित्रको विवाहमा प्रदर्शित गर्नका लागि जहाँ प्रत्येक पाहुनालाई यसको एक अंश उपहार दिइन्छ ।’
